ढुंखर्क/ योगदान राष्ट्रका लागि बेथानचोक समितिले बेथानचोक नारायणस्थान परिसरमा सरसफाई गरेको छ ।
सामाजिक अभियानमा सक्रिय योगदान राष्ट्रका लागि संस्थाले बेथानचोक गाउँपालिका वडा नं ३मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बेथानचोक नारायण मन्दिरको परिसर तथा आसपासका स्थानहरूमा सरसफाई कार्यक्रम हो ।
संस्थामा आबद्ध स्थानीय युवाहरूको सक्रिय सहभागितामा काभ्रे जिल्लाकै धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने बेथानचोक नारायणस्थान मन्दिर क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको योगदान राष्ट्रका लागि बेथानचोक अध्यक्ष सुन्दर तिमल्सिनाले बताउनु भयो ।
युवाहरूद्वारा मन्दिर परिसर तथा वरपर जथाभावी फालिएका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको संस्थाले जनाएको छ।
योगदान राष्ट्रका लागि संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक, वातावरणीय तथा राष्ट्रिय हितका गतिविधिहरूलाई निरन्तरता दिँदै स्थानीय समुदायमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस