
मण्डनदेउपुर /बोलेरो जीपले अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किंदा विद्युत सेवा अवरुद्ध भएको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका-९, रानीटार क्षेत्रमा बिहान ९ : ३० बजेदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्राविधिक कमल चौलागाईले जानकारी दिनुभयो ।
क्षतिग्रस्त लाइनको मर्मत सम्भारको काम तत्काल सुरु गरिएको र सो कार्य सम्पन्न हुन करिब ३ देखि ४ घण्टा लाग्ने अनुमान गरिएको छ। मर्मत कार्य सकिएलगत्तै विद्युत सेवा सुचारु हुने प्राधिकरणले जानकारी गराएको छ ।
विद्युत अवरुद्ध हुँदा स्थानीय बासिन्दा र त्यस क्षेत्रका व्यवसायीहरू प्रभावित भएका छन्। प्राधिकरणले मर्मत कार्यमा सहयोग पुर्याउन र धैर्य गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस