बनेपा/ काभ्रेको ग्रुप “स्वस्थ नेपाल, हरित नेपाल” को सोचमा अघि बढेको छ । काभ्रेको ग्रुपले वातावरण संरक्षण र स्वदेशमै उत्पादित विद्युत खपतलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको हो।
यस समूहले उत्पादन क्षेत्रदेखि यातायातसम्मलाई इलेक्ट्रिफाइ गर्ने अभियान अघि बढाउँदै समूहले आफ्ना सम्पूर्ण सेवा र उत्पादनहरू जनागालस्थित रवी भवनबाट सञ्चालन गर्दै आएको छ।
नेपाललाई हरित र अर्गानिक बनाउन योगदान पुर्याउने समूहले विद्युतीय सवारी साधन प्रयोगद्वारा यात्रुहरूलाई भाडामा तथा बुकिङ सेवामा सुविधा प्रदान गर्दै काभ्रेको ईभि सर्भिस संचालनमा ल्याएको छ ।
सेवाको दायरा विस्तार गर्ने क्रममा, समूहले जनागालमा इभि चार्जिङ स्टेशन, काभ्रेको क्याफे र काभ्रेको इभि कार वास समेत सञ्चालनमा ल्याएको ग्रुपका संचालक रोजन श्रेष्ठले जानकारी दिए । अर्गानिक तथा विषादिमुक्त किसानका उत्पादनलाई बजारमा स्थान दिनुका साथै, स्थानीय उत्पादनमा आत्मनिर्भरता बढाउने अभियानलाई पनि समर्थन गरेको संचालक श्रेष्ठले बताए ।
पछिल्लो समय यस ग्रुपले काभ्रेको पानी वितरण सेवा सुरू गरेको छ । विद्युतीय सवारी ससाधको प्रयोग गरी पिउने पानी ओसारपसार र वितरण गर्ने कायको सुरूवात गरेको छ । पानीको गुणस्तर परीक्षण गराई पिउन योग्य भएको प्रमाणिकरण भैसकेको ग्रुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस