अलपत्र परेको यात्रुलाई तिमल्सिना स्वीट र होटल बिहिनीको नि:शुल्क भोजन सेवा दिने

  • २०८२ आश्विन १८, शनिबार मा प्रकाशित ३ महिना अघि
  • ४२५ पाठक संख्या

  • बनेपा/अरनिको राजमार्ग र बिपि राजमार्ग अन्तर्गत बनेपा र धुलिखेलमा अलपत्र यात्रुहरूलाई नि:शुल्क खानाको व्यवस्था रहेको छ । बनेपामा अलपत्र रहेको यात्रुहरूलाई बनेपा तीनदोबाटो चोकमा रहेको तिमल्सिना स्वीट्स एण्ड भेज स्टेशन र धुलिखेलमा अलपत्र यात्रुलाई धुलिखेलको भट्टेडाँडामा रहेको होटल बिहानीले नि:शुल्क खाना नास्ताको ब्यवस्था गरेको हो ।

    अरनिको राजमार्ग र बिपि राजमार्गबाट बनेपा हुँदै काठमाण्डौ वा कुन लामो दुरी पुग्ने यात्रा निस्किएर अलपत्र परेका यात्रुहरूलाई आजदेखी कोजाग्रत पूर्णिमाको दिनसम्म नि:शुल्क खाना नास्ताको ब्यवस्था गरेको तिमल्सिना स्वीट्स एण्ड भेज स्टेशनका संचालक रूकमणी सिग्देलले जानकारी दिनु भयो ।

    यस्तै अरनिको राजमार्ग र बिपि राजमार्ग हुंदै यात्रा गर्दे गर्दा अलपत्र अवस्थामा रहेका मानिसहरूलाई नि:शुल्क खाने बस्ने व्यवस्था गरेको होटल विहानीका संचालक राजाराम गौतमले जानकारी दिनु भयो ।

    प्रतिक्रिया दिनुहोस