इलाका प्रहरी बनेपालाई क्यान काभ्रेको सहयोग

  • २०८२ आश्विन १, बुधबार मा प्रकाशित ४ महिना अघि
  • २८३ पाठक संख्या

  • बनेपा/जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय बनेपालाई कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ काभ्रे शाखाले फोटोकपी प्रिन्टर सहयोग गरेको छ।

    प्रदर्शनकारीहरूबाट टोडफोड, आगजनी भई  रोकिएको प्रहरी सेवालाई पुनस्थापित गर्न  काभ्रे १ थान प्रिन्टर हस्तान्तरण गरेको हो ।

    सुरक्षा र जनसाधारणको सचेतनासँग प्रत्यक्ष सम्बन्धित यस महत्वपूर्ण कार्यालयलाई सहज सेवा प्रवाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले १ थान फोटोकपी र स्क्यान सहितको प्रिन्टर उपलब्ध गराइएको क्यान काभ्रेका अध्यक्ष देवकी आचार्य दुलालले जानकारी दिनुभयो।

    उक्त प्रिन्टर बनेपाका प्रमुख डिएसपी रामेश्वर ट्वाटीलाई प्रदान गरिएको हो। एक आपसलाई सहयोग गर्नु सबैको कर्तव्य हुने भन्दै आगामी दिनमा पनि यस्ता सहकार्य गर्ने प्रतिबद्धता क्यान काभ्रेको तर्फबाट व्यक्त गरिएको छ।

    सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्रहरी प्रमुखले आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना, सवारीसाधन, लत्ताकपडा तथा अन्य सामग्रीमा क्षति पुगेको उल्लेख गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस