पाँचखाल नगरपालिका वडा नं ९, राम्चेका विदुर थापा स्थानीय किसान जो, दुई वर्षअघिसम्मसामान्य कृषक मात्र हनुनुहुन्थ्यो । गाउँमा धेरै युवा विदेश गइकमाउने सपना देख्दा, मगरले आफ्नो जीवनलाई आफ्नो गाउँमै टिकाउन चाहनुहुन्थ्यो । उहाँलाई लाग्यो कि कृषिमा मात्र लगन र मेहनतले राम्रो आम्दानी गर्न सकिन्छ । यही सोचका साथ उहाँले २ हजार भन्दा बढी ब्रॉयलर कुखुरा पालन सुरु गर्नुभयो ।
सुरुवातमा सजिलो थिएन । उहाँलाई पोषण, स्वास्थ्य र बजार मूल्यका बारेमा पर्याप्त ज्ञान थिएन । व्यवसायको सुरुवाती दिनमा केही कुखुरा मृत्यु भइसकेपछि, उहाँ चिन्तित पनि हुनुहुन्थ्यो । महसुस गर्नुभयो कि केवल मनोबल मात्र पर्याप्त छैन, अभ्यास र जानकारी पनि आवश्यक छ । यसैबीच, उहाँले आफ्नै अनुभव, गाउँका केही किसानसँगको सल्लाह र विभिन्न कृषिसम्बन्धी स्रोतहरूको अध्ययन गरेर कुखुरा पालनको राम्रो प्रणाली सिक्दैजानुभयो । धेरै कुरा त आफ्नै अनुभबले पनि सिकाउँदै गयो ।
मगरले व्यवसायिक कुखुर पालन सुरु गरेको २ बर्ष भयो । ब्रोइलर कुखुरा पालन गरेको लामो समय त भएको छैन तर भएको आम्दानीमा आफु सन्तुष्ट नै रहेको उहाँको भनाई छ । ब्रोइलर कुखुरा पालनमा गर्दा छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले पनि यसमा आफु निकै सन्तुष्ट रहेको उहाँको भनाई छ । पछिल्लो समय दाना र चल्लाको भाउँ बढ्दै गएकाले काम गर्न समस्या भइरहेको उहाँको भनाई छ । मगरले कुखुरालाई स्वस्थ राख्न पोषणयुक्त खाना, पर्याप्त पानी र स्वच्छ वातावरण सुनिश्चित गर्नुपर्ने उहाँ बताउनुहुन्छ । प्रत्येक बिहान उनी बिहान उठेर कुखुराको अवस्थाको जाँच गर्ने, कुखुरा स्वास्थ्यमा रहे भन्ने निश्चित भएपछि मात्रै उनी आफ्ना अन्य काममा लाग्ने उहाँको दैनिकी हो ।
मगर केवल कुखुरा पालनमा मात्र सीमित हुनुभएन । उहाँले सानो स्तरमा बँगुर पालन पनि सुरु गर्नुभयो । हालै उनले ९ वटा बाँगुर बेचेर खर्च कट्टीपछि एक लाख भन्दा बढी आम्दानी गर्नुभयो । यसले उहाँलाई आर्थिक राहत मात्र दिएको छैन, आफ्नै गाउँमा काम गरेर आम्दानी गर्न सकिन्छ भन्ने कुराको पनि प्रमाणित गराएको छ ।
यद्यपि, मगरले सरकारी सहयोग पाउनुभएको छैनन् । “कृषकहरूलाई पर्याप्त समर्थन नदिँदा मेहनत गर्दा पनि कहिलेकाहीँ मूल्यांकन नहुने अवस्था आउँछ । तर पनि उहाँ निराश हुनुभएन ।” उहाँ भन्नुहुन्छ, “सरकारको सहयोग पाउने होइन भन्ने थाहा छ, तर मेहनतले नै हाम्रो जीवन बनाउँछ । ” चुनौतीहरू अझै छन् । दाना र चल्लाको मूल्य लगातार बढिरहेको छ । कुखुराको मूल्य बजारमा कहिले घट्दछ, कहिले बढ्दछ । यी अस्थिरताहरूलाई मध्यनजर गर्दै मगरले योजना बनाइरहेका छ कि कसरी लागत घटाएर उत्पादन बढाउन सकिन्छ । उहाँ भविष्यमा आफ्नो फार्मलाई अझै ठूलो बनाउन चाहनुहुन्छ ।
मगरका लागि यो व्यवसाय केवल आर्थिक आम्दानीको माध्यम मात्र होइन । यो जीवनको सन्तोष र आत्मनिर्भरता पनि हो । उहाँलाई खुशी लाग्छ कि उहाँ विदेश नगई, गाउँमै बसेर आफ्नो परिवारलाई सहयोग गर्न सकिरनुभएको छ । कुखुरा पालनले उहाँलाई दैनिक जीवनमा सन्तोष दिएको छ । मगर अहिले कुखुरा पालन व्यवसायमा आफ्नो अलग पहिचान बनाउन सफल हुनुभएको छ । केही वर्षअघिसम्म परम्परागत कृषि पेशामा निर्भर रहनुभएका मगरले आधुनिक प्रविधि र व्यवस्थापन अपनाएर आफ्नो गाउँमै रोजगारी र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गर्नुभएको छ ।
तर चुनौतीहरू अझै पनि कम छैनन् । दाना र चल्लाको मूल्य लगातार बढिरहेको छ । बजारमा कहिले दाना अभाव हुन्छ, कहिले गुणस्तरको समस्या आउँछ । अर्कोतर्फ, कुखुराको मासु र अण्डाको मूल्य पनि स्थिर छैन—कहिले घट्छ, कहिले बढ्छ । यसले उत्पादन लागत र आम्दानीबीच असन्तुलन ल्याइदिन्छ । यी अस्थिरताहरूलाई मध्यनजर गर्दै मगरले आफ्नो फार्ममा खर्च घटाउने र उत्पादकत्व बढाउने विभिन्न उपायहरू अपनाइरहनुभएको छ । उहाँले सस्तो तर पौष्टिक दाना उत्पादन गर्न स्थानीय स्तरमै मकै, गहुँ, सोया र हरियो घाँसको प्रयोग गर्न थाल्नुभएको छ । साथै, फोहोर व्यवस्थापनमा पनि उहाँले जैविक कम्पोस्ट प्रणाली प्रयोग गर्न सुरु गर्नुभएको छ, जसले फोहोर कम गर्ने मात्र होइन, खेतीमा मलको रूपमा पुनःप्रयोग गर्न सकिने अवसर पनि दिएको छ ।
मगरले आफ्नो फार्ममा सफाइ र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुभएको छ । उहाँको भनाइमा, “यदि फर्म सफा र व्यवस्थित रह्यो भने रोग लाग्ने सम्भावना निकै कम हुन्छ, जसले उत्पादनमा निरन्तरता दिन सहयोग गर्छ ।” भविष्यमा उहाँ आफ्नो फार्मलाई अझै ठूलो बनाउन चाहनुहुन्छ । अहिले करिब दुई हजार चल्ला पाल्दै आउनु भएका मगरले निकट भविष्यमा यो संख्या बढाउने लक्ष्य राख्नुभएको छ । यसका लागि उहाँले नयाँ शेड निर्माण, दाना मिल स्थापनाको योजना र बजार विस्तारमा जोड दिनु भएको छ ।
मगर जस्ता युवाहरूले गाउँमै बसेर व्यवसायिक कृषि र पशुपालनमा हात हालेका छन् भने देशको ग्रामीण अर्थतन्त्र बलियो बन्ने निश्चित छ । स्थानीय स्रोतको उपयोग, आधुनिक प्रविधिको समावेश र योजनाबद्ध लगानीले मात्र दीगो व्यवसाय सम्भव हुन्छ भन्ने सन्देश मगरले आफ्नै उदाहरणद्वारा दिएका छन् । मगरको व्यवसायिक यात्रा यो प्रमाण हो कि, सफलता बाहिरबाट आउँदैन, मेहनत, धैर्यता र लगनशीलताबाटै आउँछ । उहाँले आफ्नो संघर्ष, कठिनाइ र अनुभवलाई समेटेर एक उदाहरण प्रस्तुत गर्नुभएको छ, जसले युवा किसानहरूलाई पनि गाउँमै बसेर सफल हुन सकिन्छ भन्ने सन्देश दिन्छ । मगर भन्नुहुन्छ, “आत्मनिर्भरता र लगनशीलता नै सबैभन्दा ठूलो सम्पत्ति हो । मलाई खुशी छ कि मैले आफ्नै गाउँमा मेहनत गरेर सफलताको स्वाद चाखें । यो केवल पैसा मात्र होइन, आत्मसम्मान र सन्तोष पनि हो ।”

प्रतिक्रिया दिनुहोस