धुलिखेलमा महिला तथा युवा उद्यमी लक्षित अन्तरक्रिया

  • २०८२ चैत्र ७, शनिबार मा प्रकाशित ९ घण्टा अघि
  • ५२ पाठक संख्या

  • धुलिखेल/ नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काभ्रेद्वारा आयोजित महिला तथा युवा उद्यमीहरूलाई लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
    धुलिखेलस्थित होटल हिमालयन होराइजनमा सञ्चालन गरिएको कार्यक्रममा काभ्रेका  युवा तथा महिला उद्यमीहरू उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले व्यवसाय सञ्चालनका विभिन्न पक्षमा आफ्ना अनुभव साटासाट गर्नुका साथै नयाँ ज्ञान हासिल गर्ने अवसर पाएका थिए।
    कार्यक्रमको उद्देश्य महिला उद्यमीहरूमा बजार व्यवस्थापनसम्बन्धी ज्ञान अभिवृद्धि गर्नु, करसम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्नु तथा महिला उद्यमी सशक्तीकरणमा टेवा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ
    एनवाईईएफ काभ्रेका अनुसार यस्ता कार्यक्रमहरूले उद्यमीहरूलाई व्यवसाय विस्तार, कानुनी प्रक्रियाको बुझाइ तथा बजार व्यवस्थापनमा थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। साथै, सहभागीहरूबीच अनुभव आदान–प्रदान र आपसी सञ्जाल विस्तारको अवसर समेत सिर्जना हुने बताइएको छ।

    कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष ज्योत्सना सैंजुले प्रस्तुति दिनुभएको थियो। त्यसैगरी, अजय थापा र सुनिल श्रेष्ठले वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो भने कार्यक्रमको समापन मञ्चका अध्यक्ष आसिश हुमागाईंले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस