ढुंखर्क/बेथानचोक गाउँपालिका–२ स्थित पार्वती माध्यमिक विद्यालयमा हिजो खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मानव जीवन रक्षाका लागि अत्यन्तै महत्वपूर्ण मानिने रक्तदानको महत्त्वलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पार्वती माध्यमिक विद्यालय, पार्वती बहुमुखी क्याम्पस, ढुंखर्क स्वास्थ्य चौकी र नेपाल रेडक्रस सोसाइटी ढुंखर्क उपशाखाको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा विशेषगरी बेथानचोक गाउँपालिकाका कर्मचारी, पार्वती माविका शिक्षक,शिक्षिका तथा विभिन्न संघ–संस्थामा आबद्धव व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस