मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

  • २०८२ फागुन २२, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १४३ पाठक संख्या

  • काठमाडौं / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको पछिल्लो परिणाम र जनमतलाई सहज रूपमा स्विकार्ने बताएका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिइरहेको सन्दर्भमा नेपाली कांग्रेसका उपसभापति शर्माले मतदाताको फैसला स्वीकार्य छ, रास्वपाको उदय अप्रत्याशित नरहेकाे प्रतिक्रिया दिएका  हुन।

    शर्माले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मतदाताको फैसला शिरोधार्य हुने उल्लेख गरेका छन् । विगतको सशस्त्र द्वन्द्व र ‘बुलेट’ को राजनीतिबाट उदाएको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा स्वागत गर्दा देखाइएको संयमतालाई स्मरण गर्दै उनले अहिले ‘ब्यालेट’ (मतदान) बाट आएको रास्वपालाई पनि सोही रूपमा स्वागत गर्ने बताएका छन ।

    प्रतिक्रिया दिनुहोस