सयपत्री राष्ट्रिय सम्मानद्वारा साहित्यकार प्रा.डा रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पती सम्मानित

  • २०८२ कार्तिक १, शनिबार मा प्रकाशित ३ हप्ता अघि
  • २५३ पाठक संख्या

  • बनेपा/ सयपत्री प्रतिष्ठान नेपालले हरेक बर्ष प्रदान गर्ने सयपत्री राष्ट्रिय सम्मानद्वारा साहित्यकार प्रा.डा रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पती सहित सम्मान गरेको छ ।

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तिको अवसरमा विशिष्ट साहित्यकार तथा शिक्षासेवी प्रा.डा. रामप्रसाद दाहाल र उनकी जीवनसंगिनी चन्दा कोईराला दाहाल र काभ्रेली साहित्यकार तथा वरिष्ठ चिकित्सक डा.अनन्तप्रसाद अधिकारी, उनकी जीवनसंगिनी नर्वदा खनाल अधिकारीकलाई सयपत्री राष्ट्रिय सम्मान २०८२ द्वारा सम्मानित गरिएको हो ।

    सम्मानित जोडीलाई सम्मान पत्र, सयपत्रीको माला, दुवोको माला, दोसल्ला, र बाटो खर्च पाँच हजार एक नगद सहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो।

    वि.स २०५५ सालदेखि वर्षेनी जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडीलाई दम्पत्ति सहित सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ ।

    प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरन्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज शिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मन्जुल, डा. खगेन्द्र लुइटेल, मोदनाथ प्रश्रित, डा.रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, डा. सुरेजराज शर्मा, ज्ञानकाजी मानन्धर, प्रा.डा अभि, सुवेदी, रामसुन्दर देउजा, प्रा.डा जीवेन्द्रराज गिरी, प्रभात सापकोटा को दम्पत्ति सहित ७० जनालाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिसकेको छ ।

    वरिष्ठ साहित्यकार एवं प्रतिष्ठान सल्लाहकार मोहन दुवालको अध्यक्षतामा र वरिष्ठ साहित्यकार प्रा डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देशका विभिन्न क्षेत्रका र जिल्लाका श्रष्टाहरूले कविता वाचन गर्नु भएको थियो ।

    सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठले आफना स्वर्गीय मातापिताको नाममा स्थापित सयपत्री रामभक्त भुवनदेवी स्मृति छात्रवृति प्रदान गरिएको छ । जनागालमा जनज्योती माविबाट २०८१ को एसइई परीक्षामा सहभागि भई उत्कष्ट अंक प्राप्त गर्ने २ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस