बाढी पहिरोको उच्च जोखिममा परेका ढुंखर्कका ७० परिवारलाई स्तानातरण

  • २०८२ आश्विन १९, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ४०० पाठक संख्या

  • ढुंखर्क/ बाढी पहिरोको उच्च जोखिममा रहेको बेथानचोक गाउँपालिकाका ७० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अबिरल बर्षाका कारण पानेखोला र दुर्लुङखोलामा पानीको वहाव बढेसंगै खोला छेउका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

    बेथानचोक गाउँपालिका वडा नं २ र ३ को खलङ्गा, नयाँ बस्ती टोल, पाट्ने खोला, गेल्लुङ, सयले र बनेपालीटोल गरी  ७० परिवार मुक्तेश्वर महादेव मन्दिरको सामुदायिक भवन र पार्वती माविमा सारिएको बेथानचोक गाउँपालिकाका वडा नं २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनु भयो ।

    शुक्रवार बेलुकादेखिको निरन्तर परेको वर्षाका कारण दुर्लुङ्ग खोलामा पानीको बहाब बढ्दै गएर खल्ङगा बस्तीमा समेत पसेकोले सो बस्तीका घर परिवारलाई नजिकैको मुक्तेश्वर महादेव मन्दिरको सामुदायिक भवनमा सारिएको छ ।

    गत सालको बाढी पहिरोका कारण धेरै नै क्षती ब्योहोरेको बेथानचोक बर्ष पनि बाढी पहिरोको उच्च जोखिममा रहेको छ ।

    बेथानचोक जाने मुख्य सडकदेखी  वैकल्पिक सडकहरू समेत पूर्ण रूपमा बन्द रहेको बेथानचाेक गाँऊपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनु भयो ।

    “वर्षाका कारण  केही घरगोठमा क्षती पुगे पनि हालसम्म कुनै मानवीय क्षती भएको छैन । सडकहरू क्षती भएका छन । बचे  साहासपूर्वक पुनःनिर्माण गरौला, निराश नहुनु होला, धैर्य राख्नु होला । “- अध्यक्ष अधिकारीले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस