रैथाने बाली संरक्षण अभियानमा पाँचखाल नगरपालिका

Post Thumbnail
  • २०७९ अषाढ १७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५५६ पाठक संख्या

  • पाँचखाल नगरपालिका रैथाने बाली संरक्षण अभियानमा जुटेको छ ।

    नगरका वडा नं १, ५, ८ र ११ मा रैथाने बालीको रुपमा रहेको कोदो, फापर, जौ, स्थानीय मकै लगायतका बाली संरक्षण तथा रैथाने बालीहरुको प्रयोग गर्ने गरी होम स्टे सञ्चालन गर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको छ । नगरको कृषि शाखाले जानकारी दिए अनुसार पाँचखाल नगरपालिकाका ४ वटा वडामा क्लस्टर बनाएर २० वटा समूह मार्फत रैथाने विउ, कृषिलाई यान्त्रीकरण सँग जोड्न हाते ट्याक्टर, सामाग्री जौख्ने मेसिन तथा अन्न राख्नको लागि विशेष खालका (किराहरु नलाग्ने) बोराहरु वितरण गरिएको छ । कृषि शाखाका प्रमुख इश्वर अधिकारीले २० वटा समूहलाई रैथाने बालीहरु मध्ये भटमासको विउ समेत वितरण गरिएको जानकारी दिए ।

    बागमती प्रदेशको सहयोगमा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी रैथाने बाली संरक्षणबारे अन्तरक्रिया एवं सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम सञ्चालन भएका वडाका वडा अध्यक्ष एवं स्थानीय कृषकहरुको सहभागितामा भएको कार्यक्रममा नगर उपप्रमुख सुर्यमाया दनुवार, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हमेगाई, वडा नं ८ का अध्यक्ष एवं नगर प्रवक्ता संजय तामाङ, वडा नं ११ का अध्यक्ष हिरा लामा, वडा नं ५ का अध्यक्ष सिताराम ढुंगाना, स्थानीय कृषकहरु तोपप्रसाद सापकोटा लगायतले रैथाने बाली संरक्षणमा चुनौती रहेकोले सबै मिलेर संरक्षणमा लाग्न जोड दिए ।

    कार्यक्रममा रैथाने बालीका बारेमा कृषि शाखा प्रमुख इश्वर अधिकारी, कृषि प्राविधिक ज्ञानेन्द्र दाहाल लगायतले जानकारी गराएका थिए ।

    कार्यक्रम पश्चात होम स्टेको रुपमा सञ्चालन भएको खावा होमस्टेमा रैथाने बालीबाट बनेका परिकारहरु खुवाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस