बेथानचोककी रमिलाले कोरियमा जितिन स्वर्ण पदक

  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ७४१ पाठक संख्या

  • बेथानचोककी तेक्वाण्डो खेलाडी रमिला तामाङले कोरियमा जारी सङनाम कोरिया ओपन अन्तराष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जित्न सफल भएकी छिन ।
    जुलाई १९ देखि २१ सम्म कोरियामा जारी देइगु वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वाण्डो च्याम्पियनसिपको पुमसे काता अन्र्तगत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई परास्त गरेकी थिईन् ।

    नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी लामाले कोरियाली खेलाडीलाई तेस्रो सेटमा पाखा लगाउँदै उपाधि चुमेकी हुन । कोरियामा तेक्वान्दो संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न मुलुकका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । उपाधि जितेपछि प्रतिक्रिया दिँदै लामाले जितले आत्मविश्वास बढाएको र भावी दिनहरुमा थप उत्कृष्ट नतिजा निकाल्न मेहेनत गर्ने बताईन् ।

    लामाको जितमा बेथानचोक गाउँपालिकाले बधाई व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलाको जितले गाउँपालिकाको शान बढाएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत रमिलाको जित प्रति बधाई व्यक्त गरेका छन् ।

    काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित टाङ्गी टोल निवासी झ्यामयाङ्ग लामा तथा माता मानकुमारी लामाकी सुपुत्री रमिला लामाले नेपाल पुलिस क्लबमा पनि विभिन्न उपाधि चुमिसकेकी छिन् । उनले च्याल्टीको आत्मा विकास मा.वि. बाट २०७४ सालको एसईई परीक्षापश्चात् नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस