काभ्रे जिल्लाको मात्रै नभएर नेपालमै अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आयोजना गरेको दोश्रो ज्ञानकुञ्ज रोडरेसको उपाधी छात्र तर्फ भक्तपुरका चेतन शाही र छात्रा तर्फ रिस्तिना सितीखुले जितेका छन।
वागेश्वरी मावि भक्तपुरका शाहीले छात्र तर्फ प्रथम हुँदै २० हजार नगद पुरस्कार पाए । त्यस्तै आजाद मावि पाँचखालका प्रभाकर श्रेष्ठ दोश्रो र सेतीदेवि मावि धुलिखेलका रुपेश बजगाई तेश्रो भए । उनीहरुले क्रमस : १० र ५ हजार नगद पुरस्कार पाए । पुरुष रोडरेसको पनौतीमा पनौतीका नगरप्रमुख रामशरण भण्डारीले उद्घाटन गरेका थिए ।
त्यस्तै छात्रा तर्फ जेसीस मावि भक्तपुरका रिस्तिना सितीखु प्रथम, विद्यासागर मावि बनेपाका ओसिनी क्षेत्री दोश्रो र ज्ञानोदय माविका सुस्मिता तामाङले तेश्रो स्थान प्राप्त गरे । उनीहरुलाई जनही क्रमसः २० हजार, १० हजार र ५ हजार रुपियाँ नगद सहित पुरस्कार गरियो । छात्राहरुको रोडरेसको बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गरेका थिए ।
छात्राहरुको रोडरेस ३ किलोमिटरको थियो भने छात्रको ६ दशमलब ५ किलोमिटरको भएको थियो । विजयीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्य, सञ्चालक आत्माराम थापा, प्रबन्ध निर्देशक प्रताप बैद्य लगायले पुरस्कार वितरण गरेका थिए ।
उहाँले एसइइपछि विद्यार्थीलाई सुमार्गमा समेट्ने उदेश्यले विगतको जस्तै रोडरेस कार्यक्रम संचालन गरेको प्रबन्ध निर्देशक प्रताप बैद्यले जानकारी दिए । खेलकुद समग्र विकासको अभिन्न पाटो भएकाले नेपालमै पहिलो पटक एसईई परीक्षा दिएर बसेका विद्यार्थीबीच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले दोस्रो ज्ञानकुन्ज रोडरेस–२०७९ आयोजना गरेको बैद्यको भनाई छ ।
रोडरेसमा छात्रा/छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोडरेस ३ किलोमिटरको थियो भने छात्रको ६ दशमलब ५ किलोमिटरको भएको थियो ।
प्रतिक्रिया दिनुहोस