नख्खु जेलबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला मंगलटारमा पक्राउ

Post Thumbnail
  • २०८२ भाद्र २६, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • २३८ पाठक संख्या

  • धुलिखेल/जेनजी आन्दोलनको समयमा नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला ९साह० काभ्रेको मंगलटारमा पक्राउ परेका छन ।

    जनकपुर बम काण्डमा दोषी ठहर भएका टकलालाई इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्की नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

    टकलामाथि संचार उद्यामी अरुण सिंहानियाको हत्या र अकुत सम्पत्तिको मुद्दा पनि छ । उनीसँगै नख्खु कारागारबाट भागेका १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस