श्रीमानको कुटाईबाट वडा सदस्यको मृत्यु

  • २०८० जेष्ठ ३२, बिहिबार मा प्रकाशित १ साल अघि
  • २३३ पाठक संख्या

  • श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।

    घरायसी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए ।

    गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    मादक पदार्थ सेवन गरि हातखुट्टा बाधेर अमानवीय तरिकाबाट कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

    कुटपिट गर्ने श्रीमानलाई २९ गते नै पक्राउ गरिसकिएको प्रहरीले जानकारी  दिएको छ । शम्भुलाई मादकपदार्थ सेवन गरेकै अवस्थमा  पक्राउ गरेको प्रहरीको भनाई छ ।
    नेकपा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित ज्ञानी अघिल्लो कार्यकालमा पनि निर्वाचित भएकी थिइन् । उनको शब अहिले धुलिखेल अस्पतालमा पोष्टमार्टमको तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस