जिल्ला प्रहरी कार्यलय काभ्रेले थुनामा रहेका कैदी बन्दी छुटाई दिन्छु भन्दै ठगी गर्ने मकवानपुर जिल्ला बाग्मती गाउँपालिका वडा नं ६ का ३३ बर्षीय खड्ग बहादुर बिश्वकर्मालाई पक्राउ गरेको छ ।
बिकले बादी नेपाल सरकार प्रतिवादी गंगालाल श्रेष्ठ भएको बैंकिङ कसुर मुद्धामा कैद, बिगो भराउने र बिगो बमोजिम जरिवाना हुने ठहर भएको मुद्धामा कारागार कार्यलय सुन्धारा काठमान्डौंमा कैद भुक्तानी गरी रहेका कैदी बन्दीलाई छुटाई दिन्छु भनि निज कैदी बन्दीको बुबासँग ठगी गरेका थिए ।
बिकले थुनामा रहेका श्रेष्ठका बुबा काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का ६२ वर्षीय हिराकाजी श्रेष्ठसँग झुटो आश्वासन देखाई विभिन्न मितिमा पटक पटक गरी १० लाख १९ हजार रुपैँया ठगी गरेका थिए ।
विकालाई पाँचखाल नगरपालिका वडा नम्बर ४ फेदीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ७ दिनको म्याद थप गरि विक माथि अनुसन्धान कार्य भइरहेको वताइएको छ ।
प्रतिक्रिया दिनुहोस