२०८३ कार्तिक १, शनिबार  | Sat, 17, Oct, 2026

घर बनाउन प्रयोग गरिने फलामका टेका चोरी गर्ने पाँच जना पक्राउ

Post Thumbnail
  • २०७९ पौष २२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४९२ पाठक संख्या

  • धुलिखेल नगरपालिका वडा नं. ६ को गोसाईकुण्ड स्थित पदम कुमार दुलाल समेतको निर्माणधिन घरबाट घर निर्माण कार्यमा प्रयोग गरीने फलामका टेकाहरु सोही निर्माणधिन घरमा राखिएको अवस्थामा चोरी भएको छ ।

    टेका चोरी गर्ने ५ जनालाई प्रहरीले २ सय ६० टेका सहित नियनत्रणमा लिएको छ । गत पुष २१ गते चोरी गरी काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को राम मन्दिर स्थित कपन लसुनटार भन्ने स्थानमा लुकाई राखेको अवस्थामा बरामद गरेको जिल्ला प्र्रहरीकार्यालय धुलिखेलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

    पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे ८ बस्ने बर्ष ३५ को दिनेश लामा, सिन्धुली तिनपाने गापा ९ बस्ने बर्ष २६ को मान सिं पाख्रिन, बर्ष २८ को पदम ब्लोन, लिला ब्लोन, टेकबहदुर मिजार छन् । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ को चोरी तथा डाँका संम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्यादथप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑