श्रीमानको खुकुरी प्रहारवाट श्रीमती गम्भीर घाइते

Post Thumbnail
  • २०७९ आश्विन १, शनिबार मा प्रकाशित २ साल अघि
  • २६७ पाठक संख्या

  • रोशी गाउँपालिका–७ का एक युवाले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् ।

    शनिबार बिहानै रोशी ७ कटुन्जेका राजकुमार बिकले श्रीमती साइली बिकलाइ खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका हुन । घरमा विवाद भएपछि माइती रोशी –११ पुगेकी साइलीलाई राजकुमारले टाउको र हातमा खुकुरी प्रहार गरेका हुन ।

    खुकुरी प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । राजकुमार एकाविहानै ससुराली पुगेर सबै सुतिरहेको अवस्थामा श्रीमतीमाथि खुकुरी प्रहार गरेर भागेका थिए ।

    घाइते साइलीलाई उपचारको लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । टाउको र हातमा गहिरो चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय मंगलटारले राजकुमारलाई पक्राउ गरी अनुसन्धन गरीरहेको छ । घटनास्थलमा प्रहरीले मुचुल्कासहित श्रीमतीमाथि प्रहार गरेको खुकुरी बरामद गरिएकोे जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस