केएमसी स्कुल प्रशासन र रमा रायमाझीको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिने

Post Thumbnail
  • २०७९ अषाढ १९, आईतबार मा प्रकाशित २ साल अघि
  • ४२० पाठक संख्या

  • केएमसी स्कुल प्रशासन र रमा रायमाझीको परिवारबीच सहमति भएको छ ।

    आइतबार भएको वार्तामा ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउने र त्यसअनुसार कारबाही गर्ने सहमति भएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार अहिले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया सुरु भएको छ ।

    शनिवार साँझ बुद्धनगर स्थित काठमाडौं केएमसी स्कुलको होस्टलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझीको शव झुन्डिएको अवस्थामा भेटिएको थियो । काभ्रेको तेमाल गाउँपालिका ८ मेच्छे स्थायी घर भएकी उनको स्कुलको ग्राउण्ड फ्लोरमा रहेको छात्रा होस्टलको रुममा झुण्डिएको अवस्थामा भेटिएकी थिईन । उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका थिएनन । उनको हत्या भएको भन्दै परिवार तथा आफन्तले आइतबार विहानदेखि स्कुल परिसरमा प्रदर्शन समेत गरेका थिए ।

    रायमाझी विगत ५ वर्षदेखि सोही विद्यालयको क्यान्टिनमा कार्यरत थिइन्। शनिबार बेलुका ७:३० बजेसम्म कोठामा नपुगेपछि उनकी बहिनी लगायत आफन्तले खोजी गरेका थिए।

    पारिवारका अनुसार उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सोही होस्टलमा काम गर्थिन्। मृतककी ३ दिदी बहिनी र १ जना दाजु छन्।उनी जेठी छोरी हुन् । आमाबुबा भने गाउँमै खेती गर्छन्।

     

    प्रतिक्रिया दिनुहोस