गैर कानुनी तथा अवैध रुपमा बिक्रि वितरण भएको घरेलु मदिरा नष्ट गरिएको छ ।
प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको अवैध मदिरा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्र राज जोशी, बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष दानबहादुर मानन्धर, ९ का अध्यक्ष शेरबहादुर सुवाल लगायतले पत्रकारहरुको रोहबरमा नष्ट गरेका थिए ।
इलाका प्रहरी कार्यालय बनेपाले संकलन गरेको ५ हजार ७ सय ८३ लिटर घरेलु तथा अन्तशुल्कको स्टिकर टाँस नगरिएका मदिरा तथा ५०० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । होटल, पसलहरु र सडकिनारामा रात्रीकालिन व्यापारीहरुले बिक्री बितरणको लागि राखिएको अबैध घरेलु मदिरा संकलन गरी नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बनेपाले अवैध घरेलु मदिरा नियन्त्रणका लागि माघ १२ र १३ गते राजमार्ग आसपास का भित्री सडकहुँदै ल्याइएका तथा बनेपाका भित्री एरियामाका होटल तथा पसलहरुमा चेकजाँच गर्ने क्रममा व्यापारीहरुले अवैध घरेलु मदिरा बेच्नुको साथै आफ्नो छाप्रो पसल नजिक टहरोमा लुकाइ राखेको अवस्थामा मदिरा फेला पारेको मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस