राष्ट्र बैंक र नाफिजको सहकार्यमा आर्थिक पत्रकारलाई दुई दिने तालिम सम्पन्न

  • २०८२ चैत्र १२, बिहिबार मा प्रकाशित ५ घण्टा अघि
  • ४० पाठक संख्या

  • काठमाडौं/आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नाफिजमा आबद्द आर्थिक पत्रकारहरुको लागि वर्तमान आर्थिक तथा बैंकिङ मामिलासम्बन्धि अभिमुखीकरण कार्यक्रम बुधबारदेखि धुलिखेलमा सुरु भएर बिहीबार सम्पन्न भएको हो ।

    कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक तथा नेपाल राष्ट्र बैंकका बैंकर्स प्रक्षिक्षण केन्द्रका उपनिर्देशक लक्ष्मी नारायण ताम्राकारले सहभागीहरुले नै भरेको प्रतिक्रिया फारमले तालिम सफल र उपलब्धिपूर्ण रहेको देखिएको जानकारी दिए । सहभागीहरुको प्रतिक्रियाअनुसार आगामी दिनमा एकै विषयमा थप लामो अवधिको सत्र हुने गरि पाठ्यक्रम डिजाइन गरिने बताए । आगामी दिनमा अझै प्रभावकारी पाठ्यक्रम ल्याउने प्रतिवद्दता उनले व्यक्त गरे ।
    बैंकर्स प्रक्षिक्षण केन्द्रका कामु निर्देशक इमेष पौडेलले विगतमा जस्तै नाफिजसँगको सहकार्यमा तालिम आयोजना गरिएको बताए । नेपाल राष्ट्र बैंकले जारी गर्ने विविध  निर्देशन र विवरणको विश्लेषण तथा समाचार प्रवाहमा पत्रकारहरुको विशेष भूमिका रहने भएकोले उनीहरुको क्षमता विकास गर्न यस्ता कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमको उद्देश्य प्राप्ति भएको र आगामी दिनमा पत्रकारहरु मार्फत सहि र विश्वसनीय समाचार पत्रकारहरुमार्फत आम जनमानसमा प्रवाह हुने विश्वास उनले व्यक्त गरे ।
    तालिममा सहभागीको तर्फबाट पत्रकार उर्बसी बस्नेतले राष्ट्र बैंकले महत्वपूर्ण सिकाई कार्यक्रम आयोजना गरेकोमा सम्पूर्ण सहभागीको तर्फबाट आभार व्यक्त गरिन् । तालिमका विषयवस्तु छनौट पनि उत्कृष्ट रहेको र सम्पूर्ण सत्र उपलब्धिपूर्ण रहेको उनले उल्लेख गरिन् । तालिमले ज्ञान र बुझाई बढाएकोले तालिम पश्चात आफुहरुले थप जिम्मेवार महशुस गरेको उनले बताईन् ।
    कार्यक्रमको पहिलो दिनमा दुई वटा सत्र संचालन भएका थिए । जसमा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र, नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने आन्तरिक तथा बाह्य क्षेत्र र सूचकहरु, नेपालको अर्थतन्त्रका विभिन्न सूचकहरु, र नेपालको वित्तीय प्रणालीको संरचना, बृहत अर्थतन्त्र र अन्तरअवाद्दताबारे प्रकाश पारेका थिए।

    पहिलो दिन कै दोस्रो सत्रमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमल्सिनाले नेपालमा वैदेशिक मुद्रा व्यवस्थापनको अवस्था, विदेशी मुद्राको व्यवस्थापन, अर्थतन्त्रमा भुक्तानी प्रणालीको भूमिका, नेपालको भुक्तानी प्रणालीको फ्रेमवर्क, भुक्तानी प्रणालीका विभिन्न कानूनी र नियमनको व्यवस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालकको भूमिका, केन्द्रीय बैंक डिजिटल मुद्रा, साइबर सुरक्षा र यसका चुनौती विषयक प्रक्षिक्षण दिएका थिए ।

    दोस्रो दिनको पहिलो सत्रमा नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देह्स्क दिर्घ रावलले बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणमा राष्ट्र बैंकको भूमिका, वित्तीय स्थायित्व, प्रणालीगत जोखिम, बासेल फ्रेमवर्क, जोखिममा आधारित सुपरिवेक्षण, अनसाइट र अफसाइट सुपरिवेक्षणको प्रक्रिया, सुपरिवेक्षण सूचना प्रणाली, सुपरिवेक्षणमा देखिने सिमितता तथा चुनौतीबारे प्रक्षिक्षण दिएका थिए ।

    दोस्रो दिनको दोस्रो सत्रमा एफसीए अरुण राउतले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणबारे विश्लेषण, एनएफआरएस लेखा प्रणालीको विशेषता, यसको कार्यन्वयनपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा देखिएका प्रभाव, र एनएफआरएस लेखा प्रणालीको विविध पाटोबारे प्रक्षिक्षण दिएका थिए।

    कार्यक्रमको अन्तिम सत्रमा नेपाल राष्ट्र बैंकका वित्तीय जानकारी इकाईका निर्देशक बासुदेव भट्टराईले सम्पत्ति सुद्दिकरण निवारण, आतंकवादमा वित्तीय लगानी निवारण, यसका कानूनी व्यवस्था, नियामकको भूमिका, यससँग समबन्धित विभिन्न सूचक संस्था, नेपाल एफएटीएफको ग्रे लिस्टमा परेको विषय, यस क्षेत्रका विविध पक्ष र चुनौतीबारे प्रक्षिक्षण दिएका थिए।

    बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यक्रमको उद्घाटन गर्दै आर्थिक पत्रकारहरुले हरेक आर्थिक विषय र त्यसले विविध क्षेत्रमा पार्ने परभावलाई टुक्रा टुक्रा पारेर विश्लेषण गर्न पत्रकारहरुलाई आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस