२०८३ आश्विन २४, शनिबार  | Sat, 10, Oct, 2026

सयपत्री प्रतिष्ठान नेपालको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

  • २०८३ आश्विन २४, शनिबार मा प्रकाशित १७ घण्टा अघि
  • ७५ पाठक संख्या

  • बनेपा/सयपत्री प्रतिष्ठान नेपाल, बनेपा–१० जनागालको ३२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

    वरिष्ठ साहित्यकार मोहन दुवाल प्रमुख अतिथ्यतामा तथा बनेपा नगरपालिका वडा नं १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का विशेष आतिथ्यतामा न्यु मामाज क्याफे जनागालमा साधारण सभा सम्पन्न गरिएको हो ।

    साधारण सभा समक्ष प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गर्नु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि दुवाल र विशेष अतिथि खड्काले प्रतिष्ठानले गर्दै आएका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गर्नु भएको थियो ।

    सोही अवसरमा प्रतिष्ठानका प्रमुख सल्लाहकार मोहन दुवाल तथा सल्लाहकारहरू डा. सुमनराज ताम्राकार, यादव थापा, महेन्द्र विष्ट र त्रिरत्न रञ्जितलाई सल्लाहकार मनोनयनपत्र सहित मायाको चिनो प्रदान गरिएको थियो।

    प्रतिष्ठानका सहसचिव शिवप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव रामसुन्दर देउजाले गर्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष प्रद्युम्न न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस


    ↑