२०८३ आश्विन २०, मंगलबार  | Tue, 06, Oct, 2026

बिन्धवासिनी साकोसको ३३ औं बार्षिक साधारण सभा सम्पन्न निर्णय प्रमाणिकरण असोज २१ गते

  • २०८३ आश्विन २०, मंगलबार मा प्रकाशित १७ घण्टा अघि
  • १२३ पाठक संख्या

  • बनेपा/काभ्रेको बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८३ असोज १६ गतेदेखि १८ गतेसम्म ३ दिनसम्म ७ वटा इकाइ र १४ वटा उप इकाई २१ स्थानमा सभा तथा सदस्यता उपस्थिती भेला गरी ३३औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    असोज १६ गते बनेपा र बानेश्वर सेवा कार्यालय, असोज १७ गते पाँचखाल र भकुण्डे सेवा कार्यालय र असोज १८ गते खोपासी र पनौती सेवा कार्यालय अन्तर्गतका इकाई, उप इकाई मार्फत साधारण सभाका कार्यक्रम गरेको थियो । असोज २१ गते क्षेत्रगत रुपमा छनौट भएका प्रतिनिधिहरु मार्फत साधारण निर्णय प्रमाणिकरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

    बनेपा, भकुण्डे र खोपासीमा भएको सभामा अध्यक्ष शान्तकुमार श्रेष्ठले, बानेश्वर र ढुर्खकमा भएको सभामा उपाध्यक्ष रामहरी शार्म तिमल्सिनाले र पाँचखालमा भएको सभामा सचिव डोरेन्द्रराज सापकोटाको सभाध्यक्षमा भएको थियो । कार्यक्रमको समुदघाटन संस्थापक अध्यक्ष भरतप्रसाद शर्मा र सल्लाहकार एवं निवर्तमान अध्यक्ष प्रदिप थापाले गर्नु भएको थियो । संस्थाले सहकारी विभागको निर्देशानुसार कुनै पनि सभामा बाह्य अतिथि नबोलाई सदस्य केन्द्रित रही सभा संचालन गरेको थियो । साधारण सभाको सात वटै ईकाइ सभामा सचिव डोरेन्द्रराज सापकोटाले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भिमबहादुर खत्रीको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति र बाह्य लेखापरीक्षकको प्रतिवेदन सर्व सम्मत पारित भएको थियो ।

    कार्यक्रममा संस्थाको एकमुष्ट प्रगति र भावी योजना प्रमुख कार्यकारी अधिकृत केवि लामा स्यांङतान्, नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे र विभागीय प्रमुख अमित राजकर्णिकारले प्रस्तुत गर्नु भएको थियो भने बनेपा सेवा कार्यालयका मित्र प्रसाद दाहाल, पनौतीको रामचन्द्र थापा, पाँचखालको सुरज अधिकारी, ढुखर्कको अनिल पहरी, खोपासीको राजेश कार्की, बानेश्वरको बलराम अधिकारी र भकुण्डेको प्रविण धितालले आ—आफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थामा हाल २६ सय ४८ वटा विभिन्न समुहमा ६१ हजार तीन सय २६ जना शेयर सदस्य र १२ हजार छ सय छ जना बाल वचतकर्ता गरि जम्मा ७३ हजार नौ सय ३२ जना सदस्यलाई सेवा दिई शेयर पूजी ५३ कारोड ५९ लाख ३९ हजार दूई सय, कुल वचत चार अर्व ३९ करोड ७४ लाख आठ हजार, ऋण लगानी तीन अर्व ५९करोड १९लाख ६४ हजार, जगेडा कोष ४१ करोड १७ लाख ५७ हजार भई कुल सम्पत्ती पाँच अर्व ७३ करोड ३७ लाख २७ हजार पुगेको छ ।

    बिन्धबासिनी सहकारीले यस वर्षको साधारण सभामा सात सय भन्दा बढी जेष्ठ सदस्यलाई सम्मान र जेष्ठ सदस्य भत्ता, एक सय ३३ जना अपांग सदस्यलाई सम्मान र भत्ता वितरण गरेको थियो भने प्रत्येक सेवा कार्यालयका उत्कृष्ठ वचत कर्ता, अधिकतम शेयर खरिद कर्ता, उत्कृष्ट शैक्षिक बाल वचत कर्ता र उत्कृष्ट लघुवित्त समुहलाई सम्मानित तथा पुरस्कृत गरेको थियो । साधारण सभामा शेयर सदस्यका छोराछारी मध्ये गत एसईइ परीक्षा २०८२ मा ४ जिपिए ल्याउने सहित उत्कृष्ठ जिपिए ल्याउने तीन गरी सात जनालाई चाँदीको तक्मा प्रशंसा पत्र र नगदबाट सम्मान गरिएको थियो भने अन्य एक सय ८९ जनालाई विद्यार्थीहरुलाई प्रंशसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । संस्थाले साधारण सभाको अवसरमा सभा स्थलमा निःशुल्क स्वास्थ्य शिबिर, निःशुल्क दन्त परीक्षण शिबिर र रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो भने बानेश्वर सेवा कार्यालयको सभामा शेयर सदस्य भोलाप्रसाद अधिकारीको निधन भएकोमा उहाँको परिवारलाई २० लाख ३० हजार वीमा रकम भुुक्तानी गरिएको थियो ।

    साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागि संचालक समिति र लेखा सुपरिवेक्षण समिति चयन भएको छ । साधारण सभाबाट शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति र रामकुमार श्रेष्ठको संयोजक्त्वमा ३ सदसीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । निर्विरोध निर्वाचित संचालक समितिको उपाध्यक्षमा केशव थापा, सचिव भिमबहादुर खत्री, कोषाध्यक्ष गणेशप्रसाद पराजुली र सदस्यहरुमा लोकदर्शन कर्माचाय, बुद्धिमाया लामा, सुनिता धिताल पौडेल, पुष्पा खडका बस्नेत र रामशरण श्रेष्ठ रहनु भएको छ भने लेखा समितिको सदस्यमा विदुर थापा र सिद्धिलक्ष्मी पोटे चयन भएका हुन ।

    प्रतिक्रिया दिनुहोस


    ↑