बनेपा/काभ्रेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा बुद्धरत्न मानन्धर चयन भएका छन । काभ्रेको बनेपामा सम्पन्न संस्थाको ३४ औं बार्षिक साधारणसभाले द्धरत्न मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको हो ।
संस्थाका अध्यक्ष नवीनभक्त बादे श्रेष्ठको सभापतित्व र बागमती प्रदेश सांसद कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न ३४ औं बार्षिक साधारणसभाबाट कार्यसमितिका उपाध्यक्षमा पुर्ण पोटे, सचिवमा सुरेन्द्र प्रजापति, कोषाध्यक्षमा जितेन्द्र भक्त पोटे चयन भएका छन।
त्यसैगरी समितिको सदस्यहरुमा गणेश कुमार रंजित, रुकमणि देबि राजभण्डारी, मनोहरी पोटे, लक्ष्मि श्रेष्ठ र सुवनकुमार प्रधान चयन गरेको छ । लेखा सुपरीक्षण समिति संयोजकमा रोशना राजवंशी र सदस्यमा कृष्णेश्वरी श्रेष्ठ र गोपाल श्रेष्ठ निर्विरोध निर्वाचित भएको संस्थाका सूचना अधिकारी सत्यनारायण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस