बजेट तथा कार्यक्रम सम्बन्धी सुझाव संकलन गर्दै बिन्धवासिनी

  • २०८३ जेष्ठ १७, आईतबार मा प्रकाशित ४ घण्टा अघि
  • ५७ पाठक संख्या

  • भकुण्डे/बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले बजेट तथा कार्यक्रम सम्बन्धी सुझाव संकलन भेला कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आगमी बजेट तथा कार्यक्रम पुनरावलोकन तथा तर्जुमा सम्बन्धी सदस्यहरुबाट आवश्यक राय सुझाव गर्न सदस्ये भेला कार्यक्रम आयोजना गरेको हो ।
    संस्थाका संचालक समितिका कोषाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा कार्यदलका संयोजक भिम बहादुर खत्रीको अध्यक्षतामा भकुण्डे सेवा कार्यलय अन्तर्गतका अधिकतम शेयर खरीदकर्ता, बचतकर्ता, ठूला ऋणी सदस्य, खराब ऋणी सदस्य, लघुवित्त समूह संयोजक सदस्य, दैनिक बचतकर्ता तथा संचालक समिति, विभिन्न उपसमिति, पूर्व पदाधिकारी तथा सदस्य र कर्मचारीहरु गरी ५१ जनाको सहभागितामा सुझाव संकलन भेला कार्यक्रम सम्पन्न भएको छ ।


    संस्थाको आ.ब २०८३/८४ को बजेट तथा कार्यक्रमको पुनरावलोकन र आ.ब २०८४/८५ को प्रस्तावित बजेट तथा कार्यक्रम तर्जुमा गर्न सदस्यहरुबाट राय सुझाव संकलन गर्न आयोजित भेलामा नयाँ सेवाको विकास र प्रयोग, दोहोरो सदस्यता ब्यवस्थापन, सदस्य सक्रियता तथा सहभागिता ब्यवस्थापन, उद्यमशिलता विकास, डिजिटल बैकिङ सेवाको उपयोगिता, सदस्य सर्वेक्षण तथा सदस्यता पहिचान विवरण लगायतका बिषयमा छलफल तथा अन्र्तक्रिया भएको थियो ।
    कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले आ.ब २०८३/८४ को बजेट तथा कार्यक्रमको पुनरावलोकन र आ.ब २०८४/८५ को प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुत बजेट तथा कार्यक्रममा सहभागि सदस्यहरुले सुझाव पेश गर्नु भएको थियो ।
    सेवा कार्यालय ब्यवस्थापन उप समितिका सचिव लक्ष्मी प्रसाद दाहालले संचालन गर्नु भएको कार्यक्रममा संचालक समितिका कोषाध्यक्ष भिम बहादुर खत्री, संचालक समिति सदस्य बुद्धिमाया लामा, प्रमुख कार्यकारी अधिकृत केबि लामा स्याङतान, नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरे, लघुवित्त उप समितिका सदस्य राधिका रेग्मी पकुवाल, सेवा कार्यालय ब्यवस्थापन उप समितिका संयोजक रामशरण श्रेष्ठ, कोषाध्यक्ष बिदुर प्रसाद बर्तौला, सदस्य शान्ति घोरासैनी, कार्यालय ब्यवस्थापक प्रविन धितालको उपस्थिती रहेको थियो ।

    बिन्धवासिनी साकोसले सबै सेवा कार्यालय अन्तर्गत सदस्य भेला गरी राय सुझाव संकलन गरी आगमी बजेट निर्माण गर्ने प्रमुख कार्यकारी अधिकृत केबि लामा स्याङ्तानले जानकारी दिनु भयो । सुझाव संकलनको लागि यही जेठ २२ गते पाँचखाल र वानेश्वर, जेठ २३ गते खोपासी, जेठ २४ बनेपा र पनौती र जेठ २५ ढुंखर्क सेवा कार्यालय अन्तर्गतका शेयर सदस्यहरुबाट बजेट तथा कार्यक्रम सम्बनधी राय सुधmाव संकलन गरिने प्रमुख कार्यकारी अधिकृत लामाले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस