प्रेमको शक्तिशाली आँधी हुन आमा

  • २०८३ बैशाख ३, बिहिबार मा प्रकाशित ८ घण्टा अघि
  • ६३ पाठक संख्या

  • नेपालमा मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने पर्व मनाइन्छ । विश्वमा भने मातृ दिवसको सुरुवात प्राचीन ग्रिस र रोम बाट भएको मानिन्छ, र आधुनिक स्वरूपमा अमेरिकाले सन् १९१४ मा यसको औपचारिक मान्यता दिएको थियो । यद्यपि कुनै पनि पात्रोले आमाको प्रेम मापन गर्न सक्दैन ।

    आमा केवल सन्तान जन्म दिने व्यक्ती मात्र होइन उहाँ जीवनका प्रत्येक पाटामा साथ दिने मार्गदर्शक हो । आमाको प्रेम एक शतिशाली आँधी हुन पोषण गर्ने, मार्गदर्शन गर्ने र कहिल्यै थकित नहुने आमा पहिलो गुरु, साँचो साथी र सधैँ साथ दिने रक्षक पनि हो । आमाको माया समयको सिमा भन्दा परको कुरा हो । हामी आमा बुवाको संरक्षणमा हुँदा यस्तो लाग्छ मानौँ समय पनि मलाई सजग भएर हेर्दैछ, जब मेरो जीवन तनावपूर्ण हुन्छ वा आत्मा विश्वास हराएको महसुस हुँदा सबभन्दा पहिले जसलाई सम्झिन्छु कि उहाँ हो आमा । आमाको मौन पीडा, रातभरको जाग्राम अनि कहिल्यै हार नमान्ने साहस यी आजै मेरो जीवनको मूल प्रेरणा बनेका छन । केवल कतै टाढा हुँदा केही मिनेट आमासँग फोनमा कुरा गरे पछि शरीर भरी नयाँ उर्जा फैलिन्छ र आमाको आवाजमा रहेको ममता, धैर्यता र अडानको शक्ती यस्तो लाग्छ म फेरी टहलिन्छु, मेले जीवनका हरेक कठिनाइ घडीहरूमा उहाँलाई दृढतापूर्वक उभिएको देखेको छु । ती सबै परिस्थितिमा पनि आमा कहिल्यै थाक्नु भएन, कहिल्यै डगमगाउनु भएन र उहाँको सङ्घर्षमा कुनै स्वार्थ थिएन आमाको सब भन्दा ठुलो चाहना आफ्नो सन्तानको उज्यालो मात्र थियो ।

    जब जीवनमा कठिनाइ आउँछ म आमाको ती अद्‌भुत गुण सम्झन्छु उहाँको आँट, धैर्य र प्रेम सबै मेरो गुणहरू भन्दा ठुलो लग्छ । जब हामी थाक्छौँ उहाँको काखमा विश्राम पाउँछौ, जब जीवन कठिन लाग्छ उहाँको सान्त्वनाले हाम्रो हिम्मत बढाउँछ । आमाको स्नेह, आर्शिवाद, विश्वस सन्तानको जीवनमा स्थायी प्रभाव पार्दछ । उहाँको उपस्थिति नै प्रेरण, साहस र आशाको स्रोत हो त्यसैले मातृ दिवस एक दिनको पर्व होइन उहाँको अस्तित्वको निरन्तरता सम्मान हो । सन्तानको लागि संसार बुझनु अघि नै उनीहरुको सम्पुर्ण संसार आमा हुन्छिन । उनीहरु रोए आमा अँगालो हाल्न आइपुग्छिन, उनीहरु लडे उहाँ उठाउन आइपुग्छिन, सानो सफलतामा सब भन्दा उज्यालो मुस्कान आमाकै हुन्छ । आमाको आत्मा सन्तानसँग यसरी गाँसिएको हुन्छ कि उनीहरु खुशी हुँदा उहाँ हाँस्नु हुन्छ, र उनीहरु दुखी आमाको माया ठुला घटनाहरुमा मात्र होइन ती समान्य तर गहिरा क्षणहरुमा अभिव्यतm हुुन्छ, घरको तातो खाना, बिरामी हुँदा बतिाइएको रात, आँखामा लुकेको चिन्ता यी स–साना तर जीवनपर्यन्त साथ रहने पे्रमका भावनाले घरको मूल बुनियाद निर्माण गर्छन ।

    आजको स्वार्थी र सर्तसहितका सम्बन्धहरुले भरिएको ससमाजमा आमाको प्रेम यस्तो माया हो जुन निस्वार्थ, निष्कंलक र शुद्ध हुन्छ । आमाको प्रेम न अपेक्षामा बाँधिएको हुन्छ न स्वीकृतिको, आमाको प्रर्थना र उहाँको कोमल स्पर्शसंग तुलना गर्ने सक्ने कुनै सम्पति प्रसिद्धि वा सफलता छैन । त्यसैले हामी आमाको सम्मान गर्नको लागि कुनै विशेष दिनको पर्खाइ गर्नु हुदैन । हरेक दिन उहाँलाइ कदर गर्नु, माया गर्नु र साथ दिनु नै हाम्रो कर्तव्य हो । सानो इमान्दर शब्द, माया देखाउने व्यवहार वा केही समय उहाँसँग बिताउनु यी नै उहाँको ह्रदयका साँचो खुशी हुन । मार्त दिवस केवल पात्रोको मिति होइन यो जीवन शैली एउटा संस्कार हो त्यसैले हामीले प्रत्येक दिन अमत्मसात गर्नु पर्छ । आज पनि अनगिन्ती वृद्ध आमाहरु चुपचाप ज्याल बाट हेरेर बस्नु भएको हुन्छ । केवल उहाँलाई चहिएको त उपहार होइन, सामाजिक सञ्जालको पोष्ट होइन, उहाँलाइ चहिएको भनेको सन्तानको साथ माया, उपस्थिती, र मायाको अनुभुती हो । एक दिन हामी पछुताउन सक्छौं उहाँले दिएको अंगालो त्यो सानो सल्लाह वा तातो खानाको स्वाद नै सबै भन्दा अमुल्य हुन । त्यसैले आमाको प्रेमलाई बर्षमा एक दिन मात्र होइन, प्रत्येक क्षण सम्मान गरौं यही हुन साँचो मातृ शक्ति, माया त्याग र शहनशीलताको प्रतिमुर्ति सम्पुर्ण आमाहरुलाई श्रद्धा र नमनका साथ मातातीर्थ औंशीको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    प्रतिक्रिया दिनुहोस