तिनघरेमा बसको ठक्करबाट घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु

  • २०८२ चैत्र १४, शनिबार मा प्रकाशित २ दिन अघि
  • ७९ पाठक संख्या

  • नाला/बनेपाको तिनघरेमा बसको ठक्करबाट घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । बिहान बनेपा नगरपालिका वडा नं ३ तिनघरेमा बसको ठक्करबाट घाइते भएका स्थानीय १६ वर्षीय राजेश तामाङको मृत्यु भएको हो ।

    बस चड्ने क्रममा गाडीको पछाडिको टायरले किचेर घाइते  भएका तामाङको  शिर मिमोरियल अस्पताल बनेपामा उपचारको क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    नालाबाट बनेपातर्फ आउँदै गरेको बा २ ख ४८९४ नम्बरको बसको ठक्करबाट घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी रविन विष्टले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस