नाला/बनेपाको तिनघरेमा बसको ठक्करबाट घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । बिहान बनेपा नगरपालिका वडा नं ३ तिनघरेमा बसको ठक्करबाट घाइते भएका स्थानीय १६ वर्षीय राजेश तामाङको मृत्यु भएको हो ।
बस चड्ने क्रममा गाडीको पछाडिको टायरले किचेर घाइते भएका तामाङको शिर मिमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नालाबाट बनेपातर्फ आउँदै गरेको बा २ ख ४८९४ नम्बरको बसको ठक्करबाट घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी रविन विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस