रोशी खोलामा बाढीमा फसेका ७ जनाकाे उद्धार हुँदै

  • २०८२ चैत्र १३, शुक्रबार मा प्रकाशित ३ दिन अघि
  • ५९ पाठक संख्या

  • भकुण्डे/ राेशी खाेलमा आएको बाढीमा फसेका ७ जनालाई प्रहरी उद्धार गरिरहेकाे छ । आज साँझदेखी परेको अविरल बर्षाका कारण नमाेबुद्धकाे चाैकीडाँडा स्थीत राेशी खाेलमा बाढी आई ७ जना फसेकाे र उनीहरुकाे उद्धार हुँदै गरेकाे प्रहरीले जनाएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै ७ जना व्यक्तिहरु फसेको र उद्धारको प्रयास भइरहेको छ । प्रहरीका अनुसार एउटा गाडी बगाएको  र त्यो गाडी बगाउन लागेपछि यात्रुहरू  झरेर ठूलो ढुङ्गामा चढेर बसेको बताइएकाे छ । उनीहरुको उद्धारका लागि प्रहरी चौकी भकुण्डेका इन्चार्ज गणेश श्रेष्ठको टोली घटनास्थल पुगेको छ । अध्यारो र पानी परिरहेको कारण उद्धारमा केही कठिनाइ भएको  एसपी कोमल शाहले जानकारी दिए ।

    अहिले

    प्रतिक्रिया दिनुहोस