बनेपा/ बनेपाको चण्डेश्वरी मन्दिरबाट एमआरआर काभ्रेले भजन यात्रा सुरू गरेको छ ।
सनातन धर्म संस्कृतिको संरक्षणका लागि युवाहरूलाई आध्यात्मसंग जोड्दै देशका विभिन्न स्थानहरूमा भइरल एम आर आरको मुजुरा भजन काभ्रेमा संचालनमा आएको हो ।
युवाहरूको चर्चित समूह एम आर आर काभ्रेले धर्म, संस्कृति, नेपाली पहिचानको जगेर्ना उद्देश्यसहित बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा मौलिक भजन गाउन सुरू गरिएको आयोजकले जनाएको छ ।
एम आर आर काभ्रेले हरेक शनिवार दिउँसो ५ बजेबाट काभ्रेको बनेपा, पनौती र धुलिखेलका मन्दिरहरूमा गएर नियमित रूपमा भजन गाउने कार्यक्रम तय गरेको छ । काभ्रेका युवाहरूलाई शनिवारको भजनसंग जोडिन आग्रह गरेको छ । भजनको बारेमा आवश्यक जानकारी रूटिन अफ काभ्रे, बेथानचोक फेसबुकबाट उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस