आय आर्जन वचत तथा ऋण सहकारी संस्था लि . पाँचखाल –४, को १४औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको सभापतित्वमा, वागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री माननीय लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा , जिल्ला समन्वय समिति सदस्य चण्डीका रम्तेल, पाँचखाल नगर पालिका कृषि तथा सहकारी शाखा प्रतिनिधि सुगत भेट्वाल, काभ्रेपलाञ्चोक जिल्ला बचत संघ का लेखा तथा सुपरी वेक्षण समिति संयोजक शिव राम आचार्य,मनकामना वचत तथा ऋण सहकारी संस्था का अध्यक्ष बाल कृष्ण दाहाल, पाँचखाल नगरपालिका कार्य पालिका सदस्य माइली दनुवार , वार्ड न ४ सदस्य निर वहादुर लामा , समाजसेवी राजन प्रसाद पराजुली संस्थाका पदाधिकारी तथा सदस्यहरु , लेखा तथा सुपरिवेक्षण समिति का संयोजक तथा सदस्यहरु ऋणसमिति का संयोजक तथा सदस्यहरु र शेयर सदस्यहरु को उल्लेखनीय उपस्थिति र सहभागीतामा प्रमुख अतिथि द्वारा मैन वत्तिमा दीप प्रज्वलित गरि सम्पन्न भयो ।
प्रमुख अतिथि अतिथिहरुलाइ खादा र व्याच वितरण प्रवन्धक मन्जु शाह र सह व्यवस्थापक उमा थापा ले गर्नु भएको थियोे भने स्वागत मन्तव्य सहकारी गित वाट उपाध्यक्ष सन्जिता दनुवार र सदस्य गायत्री प्याकुरेल वडाल ले गर्नु भएको थियोे ।
अध्यक्ष को प्रतिवेदन अध्यक्ष अर्जुनप्रसाद सापकोटा, सचीव को प्रतिवेदन राजु सिग्देल, कोषाध्यक्ष को प्रतिवेदन युवराज प्याकुरेल, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन जयराम घिमिरे र ऋण उप–समितिको प्रतिवेदन डोरनाथ गौतम को प्रस्तुत गर्नुभएको सबै प्रतिवेदन र साधरण सभा क ११ वटा छलफलका प्रस्तावहरु लाई बन्द सत्रमा छलफल गरि निर्णायार्थ सर्व सम्मत पारित गरिएको थियोे । आ.व. २०७९÷८० मा उत्कृष्ट वचत कर्ता मा मखमली शाह, उत्कृत्ठ शेयर खरिदमा यादव प्रसाद पाठक, उत्कृष्ट बाल वचत मा रिजुल हमाल असल कर्जा व्यवसायी मा नीर वहादुर लामा र सफल उत्कृष्ट वङुर व्यवसायी मा माइली दनुवार लाई प्रमाणपत्र, नगद र सम्मान को पुरस्कार प्रदान गरिएको थियोे ।
खुल्ला सत्र र बन्द सत्र दुबै को कार्यक्रम संचालन सचीव राजु सिग्देल ले गर्नु भएको थियोे ।
प्रतिक्रिया दिनुहोस