आफ्नो खुट्टामा आफै उभिनु पर्छ, भन्ने सोँचका साथ सिलाईको काम

Post Thumbnail
  • २०७९ जेष्ठ २५, बुधबार मा प्रकाशित १ साल अघि
  • ७६२ पाठक संख्या

  • सत्य कुरा, कुनैं समय सिलाई–कटाई ब्यबसाय दलित समुदायका ब्यक्तिहरुले मात्रै गर्ने चलन थियो । अन्य समुदायका मान्छेहरु यो पेशा गर्न लजाउथे, आफु दबिएको महसुस गर्थे । अझ भनौँ अरु समूदायका मानिसले यो पेशा अपनाउदाँ ईज्जत जान्छ भन्थे तर पछिल्लो समय यही पेशाबाट मनग्य आम्दानी गर्न सकिने भएपछि यो पेशा अन्य समुदायका मानिसले पनि अंगाल्न थालेका छन् । उदारहरणका लागि अञ्जली तामाङ । पाँचखालको तामाघाट बजारमा विगत लामो समयदेखी सिलाई कटाई गर्दै आउनुभएका उहाँको टेर्लर गरी खाने भाडा हो ।

    ‘पेशा ठूलो, सानो नहुँने भन्ने भ्रमलाई चिर्दै अन्य समुदायका मानिसहरुरुले अहिले यही पेशाबाट मनग्य आम्दानी गरिरहेका छन् ।’ तामाङ भन्नुहुन्छ । ‘आफ्नो खुट्टामा आफै उभिनु पर्छ, भन्ने सोँचका साथ मैले अहिले यही पेशा अंगालिरहेकी छु’ उहाँ भन्नुहुन्छ, सानो छदाँ विविध कारणले मैले ७ कक्षमा पढ्दा पढ्दैँ पढाई छाड्नुपर्यो । अव के गर्ने भन्ने मनमा धेरै प्रश्न थिए । एकजना आफन्त पर्ने दिदिले सिलाई गर्नुहुन्थ्यो । जवाफ स्वरुप त्यसैले मैले पनि सिलाई गर्ने सोच बनाए र अहिले यही पेशाबाट आम्दानी गरिरहेको छु । तामाङको घर पाँचखाल नगरपालिका वडा नं ८ चिसापानीमा हो । विहानै पसल आउने तामाङको दैनिकी यही वित्छ र साझपरेपछि मात्र घरमा जानुहुन्छ । विवाह अगाडी देखी नै सिलाई गर्ने भएकाले घरबाट पनि कुनै रोकतोक छैन बरु सहयोग निकै राम्रो छ । विवाह पश्चात पनि श्रीमानको सहयोगमा आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउनुहुन्छ । श्रीमान विदेशमा हुनुहुन्छ । घरखर्च चलाउन तामाङलाई श्रीमानको तलब कुरेर बस्नुपर्दैन ।

    कुनै पनि काम ठूलो र सानो हुदैन । यही भनाई तामाङको मनमा लाग्यो र अहिले उहाँ यही पेशामा हुनुहुन्छ । हातमा सिप हुन्छनी भन्ने सोचेर सिलाई सिक्नु जानूभएका उहाँलाई तालिम पश्चात अझ बढि त्यो पेशा प्रती आर्कषण बढ्यो । काम जानेपछि उही दिदिकोमा केही समय काम पनि गर्नुभयो । विस्तै सानो लगानीमा आफ्नै पसलको पनि सुरुवात गर्नुभयो । करिब ७० हजारको लगानीमा सुरु भएको उहाँको पसलमा अहिले विहान देखी बेल्का सम्म भ्याई नभ्याई हुन्छ । २ जना मानिस समेत राख्नुभएका तामाङको पसलमा अहिले भने एक जना मात्र हुनुहुन्छ । काम भएन वा हात खालि भयो भनेर कहिल्यै बस्नुपरेको छैन । अहिले सिलाई मात्र नभएर थानका कपडाहरु पनि बेच्नुहुन्छ । यसो गर्दा फाईदाँ के छ भने, थानको कपडा किन्ने ग्राहकले सिलाई पसल खोज्दैँ हिड्नुपदैँन । यसो हेर्दा ग्राहलाई पनि फाईदा, तामाङलाई झन फाईदैँ फाईदा ।

    तामाङको अहिले लगानी पनि बढेको छ र आम्दानी पनि । आफ्नै कमाई बाट उनले घर खर्च लगाएत बचत गर्दै आउनुभएको छ । उहाँलाई कहिले काही आफु संगै पढेका साथीहरुे देख्दा मैले पनि पढेको भए अझै राम्रो हुन्थ्यो की भन्ने लाग्छ । तर आफुले गरेको पेशाामा आम्दानी राम्रो भएका कारण सन्तुष्टी मिल्ने उहाँ बताउनुहुन्छ । करिब १० बर्ष देखी सिलाईको व्यबसाय गर्दै आउनुभएको तामाङलाई सिलाई पेशामा लाग्न कुनै अवरोध आएन । श्रीमानको कमाईमा बाच्नु भन्दा श्रीमानलाई मैले पाल्नु पर्छ भन्ने सोचका साथ अगाडी बढ्नु पर्छ भन्ने उहाँको भनाई छ । विवाहपछि पनि कुनै महिलाले श्रीमानको पर पर्दिन भन्ने लागेको भए आज नै सीप सिक्न उहाँको सुझाब छ ।

    उहाँका अनुसार, ढोल बजाउँदा ढोली हुन्छन् । अघिपछि सिलाई पेशामा संलग्न भएकाहरु सूचिकर वा दर्जी भनिए । मङ्गलधुन बजाउँदा मङ्गले हुन्छन् । कुनै शुभ कार्य वा साइतको बेला सगुनी बन्दछन् । उहाँ थप्नुहुन्छ, ‘देवबाजा नगरा बजाउँदा नगर्ची हुन्छन् । सम्मानसूचक आदरार्थी शब्द प्रयोग गरिंदा पनि दमाईहरुलाई नगर्ची नै भनिन्छ । वाद्यवादनका विभिन्न फाँट सम्हाल्दै आएकाले उनीहरुलाई सोही अनुसारको नामले बोलाइनु स्वाभाविकै थियो । सिलाईमा लागेकाहरुलाई हाल दर्जी, टेलर, मास्टर, टेलरमास्टर भनिने पनि गरेको पाईन्छ । दर्जी शब्द मुसलमानवस्त्र निर्मातालाई भनिन्थ्यो । अहिलेको समयमा त जातको आधारमा केही विभाजन भएको छैन । यसअर्थमा हामी समान छौँ ।’

    विवाहक भएको ३ बर्ष भयो । ३० बर्षिय तामाङको सानो छोरो पनि छ । छारा हुर्काउने, घरको काम त्यसपछि पसलको काम । सबै उहााले बखुबी निभाउनुभएको छ । आज सम्म कुनै ग्राहकले यो भएन वा मिलेन भनेर कुनै कम्प्लेन पनि गरेका छैनन् । वास्तवमा तामाङ सिलाईको प्रतिस्पर्धी बजारमा मज्जाले जम्नुभएको छ । काम गर्नेले वा मिहेनत गर्नेले भोकै मर्नुपर्ने उहाँ बताउनुहुन्छ । स्थानीय तहबाट कुनै सहयोग नपाउनुभएका तामाङले स्थानीयतहको ध्यान सिलाई व्यवसायीहरुमा जानूपर्ने बताउनुहुन्छ । बुटिक, सिटिइभिटि जस्ता कुराहरुमा स्थानीय तहले पहल गरिदिने हो भने आम सिलाई व्यवसायी र भर्खर यो पेशामा लाग्न लागेकाहरुको पनि हौसला बृद्धि हुने उहाँको भनाई छ । यसमा स्थानीय सरकाले विषेश ध्यान दिनुपर्ने तामाङ बताउनुहुन्छ । उहाँले यसको लागि पहल पनि गरिरहनुभएको छ । विषेशगरी बजारमा पसल अनुसार सिलाईको मूल्य भएकाले यसमा पनि ध्यान दिनु आजको आवश्यकता भएको उहाँ बताउनुहुन्छ ।

    पलाञ्चोक साप्ताहिकबाट

    प्रतिक्रिया दिनुहोस