बनेपा/ काभ्रेकाे बनेपामा प्रथम जापानीज स्पिच कन्टेस्ट सम्पन्न भएकाे छ । “शब्दबाट संस्कृति, भाषाबाट सम्बन्ध” भन्ने मूल नारासहित नेपाल शैक्षिक परामर्श संघ (क्यान) काभ्रे शाखाले प्रथम जापानीज स्पिच कन्टेस्टको आयोजना गरेको हो ।
बनेपा पाटी भेन्युमा भएको कार्यक्रममा काभ्रेमा विभिन्न स्थानमा संचालनमा रहेका कन्सल्टेन्सीहरुबाट १२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा हाचिको जापानीज ल्याङ्ग्वेज स्कुलकी आकृति पाख्रिन प्रथम, डिज्नि सि एजुकेशनल कन्सल्टेन्सीकी नबिना शाही द्वितीय, हाचिको जापानीज ल्याङ्ग्वेज स्कुलका अमित मोक्तान तृतीय र सक्सेस बिसिइसिका सिजन राईले सान्त्वना स्थान हासिल गरेका छन ।
विजेताहरूले क्रमशः रु. ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद, साथै शिल्ड र प्रमाणपत्र प्रदान गिरएको छ । पुरस्कार वितरण गर्दै पाल शैक्षिक परामर्श संघका केन्द्रीय कार्यवाहक अध्यक्ष बासुदेव दाहालले स्पिच कन्टेस्ट कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास र क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका हुन । साेही अवसरमा क्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले जापानीज स्पिच कन्टेस्ट कार्यक्रम भाषा, कला र जापानी संस्कृतिको समायोजन भएको उल्लेख गर्दै आगामी दिनमा निरन्तरता दिने बताए ।
सो कार्यक्रममा क्यानका सह-कोषाध्यक्ष गोविन्द खनाल, महासचिव भवनाथ हुमागाईं कार्यक्रम संयोजक सरोज थापाले आ आफ्नो धारणा राखेका थिए भने सचिव बालकृष्ण न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस