
सरोज चौलागाई
धुलिखेल/काभ्रे सिभिक डायलग २०८२ सम्पन्न भएको छ। लोकतान्त्रिक संवादको संस्कृतिलाई सुदृढ बनाउने दिशामा यो पहल एक महत्वपूर्ण कदम हो।
काठमाण्डौ विश्वविद्यालयको हलमा संचालन भएको कार्यक्रममा काभ्रेमा के छ? भन्ने बिषयमा केन्द्रित रहि सामूहिक छलफल गरिएको हो ।
राउण्डटेबल छलफलको रूपमा आयोजना गरिएको यस कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लामा विद्यमान स्थानीय नागरिक मुद्दाहरू, समाजमा देखिएका प्रमुख समस्याहरू र सम्भावित समाधानहरूबारे विस्तृत छलफल गरियो। साथै राजनीतिक सुशासन, राजनीतिप्रति युवाहरूको धारणा, संविधान र कानुनी संरचनाप्रति बुझाइ, तथा निर्वाचनपछिको नागरिक भूमिका बारेमा विचार आदान–प्रदान गरिएको थियो ।
कार्यक्रम Leo Region 3 अन्तर्गतका पाँच वटा क्लबहरु को आयोजनामा तथा GenZ Civic Forum र GenZ Movement Alliance को सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमका क्रममा उठेका मुद्दा, सुझाव र निष्कर्षहरूलाई आधार मानी विस्तृत अध्ययन तथा प्रतिवेदन तयार पारिँदैछ, जुन सम्बन्धित निकायसमक्ष पेश गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस