बनेपा/काभ्रे स्पोट्र्स क्लबद्वारा आयोजित केएससी जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०८२ को उपाधि राक्सिराङ तेक्वान्दो डोजाङले जितेको छ ।
बनेपामा सम्पन्न प्रतियोगितामा विभिन्न क्लब तथा संस्थाबाट आएका जुनियर खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा सेतीदेवी तेक्वान्दो डोजाङ द्वितीय गोल्मादेवी तेक्वान्दो डोजाङ तृतीय भए ।
प्रतियोगितामा बुडोल तेक्वान्दो डोजाङ अनुशासित टिम, गोलमादेवी तेक्वान्दो डोजाङका रबिन तामाङ र सेतीदेवी तेक्वान्दो डोजाङका सपना तामाङ उत्कृष्ट खेलाडी घोषणा भए ।केएससीका अध्यक्ष राजेश बोलखेको सभपतित्वमा सम्पन्न खेलको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री बादेले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र स्वास्थ्य विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले नयाँ खेल प्रतिभा पहिचान गर्न तथा खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
काभ्रे स्पोट्र्स क्लबका अध्यक्ष बोलखेले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहयोगी संस्था, अभिभावक तथा खेलाडीहरूलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बनेपा ६ का वडा अध्यक्ष सचितानन्द केसी, धुलिखेल १ का वडा अध्यक्ष सन्त तामाङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस