
क्लिक काभ्रे
२०८१ श्रावण २, बुधबार मा प्रकाशित १0 महिना अघि
७६० पाठक संख्या
० यहाँको पछिल्लो व्यस्तता केमा छ ?
यतिखेर हाम्रोमा कक्षा ११ को भर्ना चलिरहेको छ । एबिएम कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी भाइबहिनीहरूको आगमन पनि राम्रै छ । उनीहरुलाई आफ्नो इच्छा अनुसारको विषयहरू छनोट गर्नको लागि परामर्श दिने, यसको साथसाथै आफुले छनोट गर्ने विषयको महत्तव र त्यो विषयबाट आफ्नो भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने काममा व्यस्त छौँ । अहिले धेरैवटा क्षेत्रहरूबाट फरक विषय अध्ययनको लागि अध्ययन गर्नको लागि आइरहनुभएको छ । विशेषगरी हाम्रोमा कक्षा ११ र १२ का विषयगत रूपमा पढ्न पाउने धेरैवटा विषय भएकाले क्षेत्रगत रूपमा स्थानीय बनेपा, धुलिखेल, पाँचखाल, पनौती, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, भक्तपुरदेखिका विद्यार्थीहरू आउनुहुन्छ । विषयगत रूपमा हामीले पढाइरहेको साइन्स साइन्स भित्र पनि फिजिक्स, केमस्ट्री, बायो, कम्प्युटर साइन्स रहेको छ । यसैगरी म्यानेजमेन्ट भित्र विद्यार्थीले धेरै रुचाएको भनेको कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, फाइनान्स, मार्केटिङ जस्ता विषय रहेका छन् । योसँगै काभ्रे जिल्लामै एउटै मात्र कानुन बिषय पढाउने कलेजको रूपमा पनि एबिएम कलेज रहेको छ । न्यूनतम शुल्कमा आफ्नो जीवनको सार्थक लक्ष्य प्राप्त गर्नको लागि ती विषयहरू पनि पढाइ भइरहेको छ । खेलकुद प्रति अलि बढी रुचि राख्ने विद्यार्थीको लागि यो वर्षदेखि स्पोर्ट्स साइन्स भनेर पनि सुरुवात गरेका छौँ । कक्षा ११÷१२ पढिसकेपछि युनिभर्सिटी लेभलमा कस्ता विषयहरु पढेर आफूलाई अबल र सबल नागरिक बनाउन सकिन्छ भन्ने कुरामा परामर्श गर्न र भर्ना गर्ने काममा जुटिरहेका छौँ ।
० यहाँहरूले अहिले भर्खरै मात्र एउटा मान्यता पनि प्राप्त गर्नुभयो, आईएसओ । के हो यो आईएसओ भनेको ? किन दिइन्छ ? यहाँहरूले के–के मापदण्ड पूरा भएर त्यो आईएसओ प्राप्त गर्नुभयो ?
सामान्यतः यो आईएसओ दुई किसिमको हुँदो रहेछ । एउटा चाहिँ अन्तर्राष्ट्रिय रूपमा कुनै पनि एउटा संस्थाले आफ्ना गरिएका गतिविधिहरू कति व्यवस्थित रुपमा गरेको छ भनेर हेर्नको लागि इन्टरनेसनल अर्गनाइजेसन स्ट्यान्डर्ड भनिन्छ । त्यो भित्र हामीले प्राप्त गरेको चाहिँ “एजुकेसन अर्गनाइजेसन म्यानेजमेन्ट सिस्टम” बेस्ट भए बापत भर्खरै हामीले यो अवार्ड प्राप्त गरेका छौँ । दुईवटा मध्ये एउटा चाहिँ व्यावसायिक रूपमा गर्ने विभिन्न उद्योग कलकारखाना कम्पनीहरुले पाउने आईएसओ भयो । त्यो चाहिँ म्यानेजमेन्ट सिस्टमलाई हेरिन्छ । हामीले प्राप्त गरेको आईएसओ द्दण्ज्ञण्ण्ज्ञ भनेको चाहिँ ‘एजुकेशनल अर्गनाइजेसन म्यानेजमेन्ट’ सिस्टममा चाहिँ सबैभन्दा व्यवस्थित र सबै इन्डिकेटर जुन आईएसओका विज्ञ विशेषज्ञहरुले विश्वभरको एउटै स्टान्डर्डको एजुकेसन हुनुपर्छ जुन कक्षागत रुपमा सिकाइ हुनुपर्ने विषयवस्तुहरूलाई व्यवस्थित हुनुपर्छ, व्यवहारिक हुनुपर्छ, सक्षम शिक्षकहरू हुनुपर्छ भन्ने मापदण्डलाई पूरा गरिसकेपछि हामीले यो प्रयास ६ महिना अगाडिदेखि नै गरिरहेका थियौँ । यो फेरि निरन्तर रूपमा आईएसओ सर्टिफिकेसनको कम्प्लिट भनेको ३ वर्षसम्म हेर्नुहुन्छ । यो अवार्ड पाउनु भनेको समग्र एबिएम स्कुल, काभ्रे जिल्लाबासी र एउटा शैक्षिक संस्थाहरूको ऐतिहासिकमा गौरवको कुरा हो ।
० काभ्रेमा आईएसओ प्राप्त गर्ने तपाईँहरू पहिलो वा तपाईहरु एकल विद्यालय हो कि अरु विद्यालयहरु पनि छन् ?
अहिलेसम्म ISO 21001 प्राप्त गर्ने हामीलाई पहिलो हो । समग्रमा नेपालभरि नै पनि अहिलेसम्म तीनवटा मात्र स्कुलले यो अवार्ड प्राप्त गरेको भन्ने जानकारी पाएको छु । पछिल्लो समय गोर्खापत्रमा पनि यसको विषयमा समाचार आएको देखिएको थियो । यो प्राप्त गर्नको लागि विद्यालय, म्यानेजमेन्ट कमिटी, टिचर्स त्यसैगरी समग्र पक्षहरू र सिकाइका नवीनतम् कुराहरू इनोभेटिभ पेडागोजिमा लर्निङ प्रोसेसहरु भएकोहरुले मात्र यो कुरा पाउँछन् । यो भनेको अनिवार्य रूपमा युनिभर्सिटीजहरू, कलेज, स्कुलहरूले प्राप्त गर्नुपर्ने रहेछ । यसले गर्दा हाम्रो दायित्व र जिम्मेवारी व्यवहारिक रुपमा गर्नुपर्ने कामहरु के के रहेछन् भन्ने कुरा अनुभूत गर्न पाउने अवसर शैक्षिक संस्थाहरुले प्राप्त गर्दो रहेछ । हामी मात्र होइन अब सबै शैक्षिक संस्थाहरूले यो आइएसओ 21001 educational म्यानेजमेन्ट अर्गनाइजेसन सिस्टममा जानुपर्छ भने हाम्रो अनुरोध पनि छ ।
० के के मापदण्ड पूरा गर्नुपर्ने रहेछ ? के के गर्नुभयो तपाईंहरूले यो प्रमाणपत्र प्राप्त गर्नको लागि ?
सबैभन्दा पहिला त इन्फा इन्स्ट्रक्चरकै कुराहरू हुन्छ । जस्तो कक्षागत रूपमा कक्षा कोठाहरू, लाइब्रेरी, ल्याब त्यसैगरी अकाउन्टेन्ट एउटा पाटो भयो भने अझ विशेष भनेको विद्यार्थीहरूको सिकाइ प्रक्रियामा गर्नुपर्ने एकदमै सूक्ष्म कामहरु हुन्छ । जस्तो मुख्यगरी शिक्षकहरूले आफ्नो स्कुल डेभलप गरेको हुनुप¥यो, टिचिङ स्किल हुनुप¥यो । त्यो स्किल भित्र पनि २६ वटा मेथोडोलोजी उहाँहरुले कार्यान्वयन गर्न सक्ने क्षमता राख्नुप¥यो । बिना टेक्स बुक करिकुलम बेसमा अध्यापन सक्ने क्षमता राख्नुप¥यो । साथ–साथै विद्यार्थीहरूको पर्सनल–इन्भिजुअल जन्मेदेखि उहाँहरुले १५ महिनाभित्र लगाउने १५ वटा खोपदेखि बुबाआमाको इतिहास, बायोलोजिकल प्रोसेस लगायतका सबै कुरा हेरेर लर्निङ प्रोसेसमा उहाँहरूको डेभलप कसरी भएको छ भनेर जसरी डाक्टरले रोगको इन्भेस्टिगेसन गर्छ । त्यसैगरी एउटा टिचरले विद्यार्थीको हरपल उसको सिकाइसँग सम्बन्धित कुराहरूमा के के कुराले ऊ पोजटिभ छ के–के कुराले कमजोर भएको छ भन्ने जस्ता कुराहरु हेरेर उसलाई धेरै किसिमबाट मोटिभेट गर्दै पढ्ने कुरामा, सिकाएका कुराहरूमा जोड्ने काम यहाँ हुन्छ । ती मापदण्डहरू छन् । हामीले २१ वर्ष विद्यालय चलाइरहँदा हामीले सधैँ के भनिरहेका थियौँ भने हामीले धेरै राम्रो गरिरहेका छौँ र धेरै राम्रो काम गरिरहेका छौँ भनेका थियौँ । त्यसको एउटा डेटाबेसमा चाहिँ तपाईंले साँच्चै नै राम्रो गरेका काम कुराहरु के के हो भन्दा हामीले प्रत्येक विद्यार्थीको पोर्टफोलियो फाइल राखेका हुन्छौं । जब अभिभावक आउनुहुन्छ उहाँहरुसँग हामीले छलफल गर्नुपर्दा विद्यार्थीको सिकाइ प्रक्रियाहरु कति प्रतिशतले परिवर्तन भइरहेको छ अथवा कस्तो किसिमको भइरहेको छ भन्ने देखाउने हामीसँग प्रमाणहरु हुन्छन् । हाम्रो कोर्स र करिकुलमहरूमा सिक्नुपर्ने कुराहरू तहगत रूपमा सिकाइ भए–नभएको र सिक्नका लागि विद्यालयको वातावरण र घरको वातावरण समिश्रण भए–नभएको हेर्छौ । यतिमात्र नभएर प्राइभेट स्कुलमा गार्जियनहरूले नै अहिले के गर्नुहुन्छ भन्दा म्यानेजमेन्ट कमिटीहरूसँग बसेर कोअपरेसन गर्दै टिचर्स, गार्जेन्स र म्यानेजमेन्ट कमिटीहरूबाट आएको समस्याहरूलाई सल्भ गर्ने सिस्टममा हामी अगाडि बढ्दैछ यी चाहिँ नविनतम कुराहरु भए ।
० अब आदर्श विद्या मन्दिर (एविएम) परिसर भित्र प्रवेश गरौं ! नर्सरीदेखि ग्रेड टेनसम्म सञ्चालित भइरहँदा अहिले कक्षा ११/१२ पनि सञ्चालन गरिरहनुभएको छ । कस्तो छ तपाईहरुको शिक्षण शैली र शिक्षण सिकाइका चरणहरु ?
मुख्यगरी शिक्षण सिकाइमा इनोभेटिभ पेडागोजी भनिन्छ । यसभित्र विशेषतः के हुन्छ भन्दा हाम्रो पुरानो तरिका भनेको लेक्चर मेथड हो । त्यसमा पनि विद्यार्थीहरू जान्दैन शिक्षक जान्नेछ । शिक्षकले भनेको सबै कुराहरू सही हुन्छ । विद्यार्थीले भनेको कुराहरुमा चाहिँ सिक्नै पर्छ अथवा कमजोर हुन्छ भन्ने मान्यतालाई परिवर्तन गरेर हामीले विद्यार्थीहरूसँग भएको प्रि–नलेज वा कुनै पनि विषय र कुनै पनि विषयवस्तुमा उसको पूर्व ज्ञान कति छ र अब हामीले दिनुपर्ने कुरा कति छ भनेर विश्लेषण गर्छौं । करिकुलमले के कुरा सिकाउन भनेको छ त्यो सिकाउने कुरामा जोड दिन्छौँ । सिकाएपछि पनि उसको सिकाइ क्रमम सुधार भयो कि भएन वा ठिक भयो कि भएन भनेर परीक्षण गर्नको लागि हामीले कुनै पनि विषय वस्तुको प्रोजेक्ट वर्कहरू, असाइनमेन्ट, टिमवर्कहरु दिएर सिकाइको स्थायित्वतिर हामीले जोड दिइरहेका छौँ । जसले गर्दा यहाँ सिकाइ भएका विद्यार्थीहरूमा अलिकति फरकपन देखिन्छ । जस्तोः डिसिजन मेकिङ, आफ्नो लाइफ सेटलमेन्ट लगायतका कुरामा केही भिन्नता ल्याउँछ भन्ने हाम्रो बुझाई छ र गराई पनि त्यही अनुसार छ ।
० सहरका कोर एरियाका ठूला ठूला भवन भएका, धेरै बस भएका स्कुलहरूका ११ /१२ मा भर्न हुने लर्को चलिरहँदा सहरभन्दा अलि बाहिर कोलाहाल भन्दा केही बाहिर रहेका तपाईहरु जस्तो विद्यालयलाई कतिको गाह्रो छ विद्यार्थीको भर्नादरमा ?
यो चाहिँ अलिकति मार्केटिङ स्ट्राटेजी पनि हो । विद्यार्थीहरूको पनि कस्तो छ भनेदेखि उमेरगत रूपमा उनीहरूमा पूर्ण रूपमा मेच्युरिटी नआएको र गर्जेन्सहरुले पनि आफनो केटाकेटीहरुलाई होस् उसले पढ्छु भनिहाल्यो त्यहाँ जाउ भन्ने खालको जिद्दीले गर्दाखेरि छोडिदिने गर्दाखेरि पनि राम्रा स्कुल वा असल व्यवस्थापन भएका सही किसिमले अगाडि बढिरहेका शैक्षिक संस्थालाई चाहिँ बढी चुनौती छ । मार्केटिङ गर्न सक्ने वा देखाउन सक्ने विद्यालयहरु जस्तो इन्फ्रास्ट्रक्चरलाई सोअफ गर्ने एकेडेमिक पार्टलाई सोअफ गर्नुपर्ने तर इन्फ्रास्ट्रक्चरहरुलाई सोअफ गरियो भने त्यहाँ चाहिँ विद्यार्थीहरुको चार्मिङ भएको देखिन्छ । यसमा चाहिँ अभिभावक र विद्यार्थी दुबैले एजुकेसनको वास्तविक मूल्य मान्यतालाई नबुझिदिँदा कतिपय स्कुलहरूमा राम्रो सिकाइ हुँदाहुँदै पनि न्यून विद्यार्थी हुने अवस्था छ । अब बिस्तारै यो परिणाम पनि परीक्षा फलहरूले देखाउन सक्छ । कभभ भयो कक्षा १२ को पनि नतिजा आउँदैछ । यसले यी कुराहरू न्यून हुँदै जान्छ र अझ व्यवस्थित हुँदै जानेछ । छोटो समयका लागि ठूला स्कुलहरूको जमघट बढेर जान्छ भने दीर्घकालीन रूपमा सबै स्कुलहरूको समानगत रूपमा विकास हुने अवस्था रहन्छ ।
0 तपाईँको विद्यालयको विगतका नतिजाहरू नियालौन ! के के छन् उत्कृष्ट अवस्थाहरु ?
सबैभन्दा राम्रो पहिलो कुरा भनेको अभिभावक वा समुदायले बुझ्ने विद्यालयको नतिजा कस्तो छ भन्दा एसइइलाई हेरिन्छ । एसइइमा हाम्रो विद्यालय जिल्ला प्रथम त्यसैगरी कक्षा १२ को नतिजामा पनि बोर्ड एक्जाममा शत प्रतिशत नतिजा ल्याउन सक्ने अवस्था रहनु । धेरैवटा विषयहरू पढाएर पनि शतप्रतिशत नतिजा ल्याउन सक्नु पाटोहरू रहेका छन् । यो वर्ष पनि काभ्रे जिल्लाका २१६ वटा स्कुलहरूमध्ये जम्मा १८ वटा स्कुलले शत प्रतिशत विद्यार्थी पास गर्न सकेको थियो । बनेपा भित्र झन्डै ३५ वटा स्कुलमा पाँचवटा मात्र स्कुलले सत प्रतिशत विद्यार्थी पास गर्न सकेको थियो । त्यसभित्र पनि एबिएम १ नम्बरमा छ भने हाम्रो बुझाई छ । परिणामले पनि त्यही देखाउछ । हाम्रा अरु सिकाइसँग जोड्ने कुराहरुमा योगा, मेडिटेसन, विद्यार्थीहरुले असाध्यै रुचाएको फुटसल आफ्नै रहेको छ । अतिरिक्त क्रियाकलापहरूमा पनि अहिलेको आवश्यकताका विषयहरुलाई जोडेर अगाडि बढ्दै गर्दा ती चाहिँ हाम्रा राम्रा परिणामहरु हुन् । अहिलेसम्म प्राप्त गरेको कुरा पनि यो हो ।
० किताबी ज्ञान सबैले दिन्छन् । कोर्स सबैले पढाउनुहुन्छ । समाज, संस्कार, सामाजिक मूल्य मान्यता र नैतिकता यी कुराहरू पढाइन्न है आजकाल !
यही त हाम्रो समाजको सबैभन्दा ठूलो कमजोरी हो । खाली के गरियो भने किताबभित्रका कुराहरुलाई जोड दियौ । जुन कुराहरु हाम्रो करिकुलमले ती कुराहरू नसिकाउ भनेको छैन तर सिकाउने शिक्षकको सक्षमताको कमी अतिरिक्त कुराहरू दिँदाखेरि विद्यार्थीहरुलाई यी कुराहरुमा यसरी जोड्न सकिन्छ अथवा विद्यार्थीहरुलाई समाज, संस्कार संस्कृति र सामाजिक परम्पराका कुराहरुलाई जोड्ने विषयवस्तुहरु छन् जुन अहिले हाम्रो सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा भनेको छ ।मानवले आफ्नो मूल्य के हो ? आफूले आफैलाई चिन भनेको छ । हाम्रो धर्म संस्कृति परम्परा के हो ? हाम्रो समुदायमा मानिसहरू कसरी बस्नुभएको छ भन्ने कुराहरु छ । त्यसलाई विशेषगरी अवलोकन भ्रमण गराउने, संस्कृतिहरूको बारेमा अध्ययन पनि गर्ने, आफूले भड्किलो तरिकाले नभई व्यवहारिक तरिकाले प्रयोग गर्ने संस्कारको विकास गर्ने जस्ता कुराहरूमा चाहिँ हामीले अत्यन्तै जोड दिएका छौँ । जसले गर्दा हामीले धेरै विज्ञापनलाई भन्दा पनि यी कुराहरुसँग जोडेर आधुनिक समाज र विगतको ऐतिहासिक समाजको कुराहरु को भिन्नता थियो भन्ने कुरामा अनुभूत गराएर पढाउने कार्य गरिरहेका छौँ ।
० निजी विद्यालयहरूलाई लाग्ने गरेको आरोप सानो भवन, थोरै खेलमैदान, साँघुरो परिधि भित्र विद्यालय चलेका हुन्छन् र पूर्ण संरचनाहरूको कमी छ भन्ने आरोप लागिरहँदा एबिएमले यो आरोप चिर्न सक्छ ?
यो त अझै गम्भीर प्रश्न हो । जुन विद्यार्थीको सङ्ख्याको अनुपातमा कक्षा कोठाको अवस्था, त्यसमा प्रकाशको आवतजावत, खानेपानी शौचालयको व्यवस्थापन लगायतका धेरै कुराहरु रहेका छन् । यो सूचकहरु यही आइएसओको मापदण्डमा पर्छ । अझ सुरक्षाका कुराहरु, यातायातका सुरक्षाका कुराहरु हेर्दाखेरि लगmदभच या कतयलभ लाईभन्दा गुणस्तरलाई जोड दिएका छौँ । अहिलेसम्मको अवस्थालाई हेर्दा पूर्वाधार हाम्रोमा अहिले नर्सरीदेखि कक्षा १० सम्म झन्डै ६ सय ५० जना विद्यार्थी हुनुहुन्छ भने ११÷१२ कक्षामा ३ सय भन्दा धेरै विद्यार्थी हुनुहुन्छ । त्यतिको लागि चाहिँ हाम्रो आफ्नै संस्थाको साढे चार रोपनि रोपनी जति जग्गा रहेको छ । अरु सात रोपनी जग्गा भाडामा लिएर करिब १३ रोपनी जग्गामा भौतिक संरचनाहरू निर्माण गरेका छौँ । जहाँ खेलमैदान लगायतका कुराहरूमा प्रयोग गरिरहेका छौँ । गार्डेनहरू रहेको छ । एबिएमकै सन्दर्भमा भौतिक संरचनाहरू पूर्ण नै रहेको छ । अरु विद्यालयहरूको अवस्था कस्तो छ त्यसको बारेमा खासै जानकारी छैन । हाम्रै कक्षाकोठाहरू हामीलाई व्यवस्थापकीय हिसाबले गर्नुपर्ने कुराहरु त्यसैगरी मुख्य कुरा आवजावत गर्ने सडकहरु बाल मैत्री खालको छ भन्ने कुरा हो ।
० बाल संवेदनशीलताका कुरा कम हुन्छन्, साँघुरा कोठा, प्रकाशको कमीको समस्या, पिउने पानी, प्रयोग हुने शौचालय, छात्रहरूको लागि स्यानेटरी प्याड लगायतका कुरामा विद्यालय कतिको संवेदनशील छ ?
हाम्रो केही दिन अगाडि एउटा सेसन सुरु हुनुभन्दा अगाडि यी कुराहरु मापन गरेका थियौँ । विद्यालय भित्र करिब १५० वटा पानीका धारा रहेका रहेछन् । शौचालयहरू महिला पुरुषको छुट्टा छुट्टै गरेर ४५ वटा रहेको छ । यसभित्रबाट पनि दैनिक पानी कति खपत हुँदोरहेछ भनेर मापन भएको थियो । हामीलाई दैनिक ३ हजारदेखि ४ हजार लिटरसम्म पानी चाहिने रहेछ । sanitary pad को लागि हामीले छुट्टै कर्नरहरूको पनि व्यवस्था गरेका छौँ । छात्रहरूको समस्या समाधानको गर्नको लागि लर्नरहरूको छुट्टै ग्रुप छ । यसका साथसाथै बाल क्लबहरु पनि रहेको छ । हाम्रा सबै कक्षाकोठामा घाम पुग्छ । कोलाहलरित वातावरण छ । स्व्च्छ हावा छ ।
० अन्त्यमा आफ्नो अभिभावकहरू, विद्यार्थीहरू र शिक्षाप्रेमीहरूको लागि केही सन्देश छ ?
अत्यन्तै महत्त्वपूर्ण समयमा आफ्नो विचारहरू अभिव्यक्त गर्ने मौका दिनुभएकोमा तपाईँको सञ्चारक माध्यमप्रति अत्यन्तै आभारी छु । विशेषगरी हामीले यतिखेर कक्षा ११ को भर्ना प्रक्रियामा रहेका आदरणीय अभिभावक ज्यूहरु तपाईहरु अझै संवेदनशील भएर हाम्रा बालबालिकाहरु परिपक्क भइसकेका छैनन् । उहाँहरुले छनोट गर्ने विषयमा परामर्शको लागि काभ्रेको मुटु बनेपामा एबिएम स्कुल रहेको छ । यहाँको भ्रमण गर्नुहोस् । यहाँको बारेमा बुझ्नुहोस । र आफुलाई ठिक लागेमा ११÷१२ म भर्ना गर्न सक्नुहुनेछ । राम्रो स्कुल बनाउनको लागि सबै शैक्षिक क्षेत्रमा काम गर्ने सरोकारवाला एकजुट होऔँ । राम्रा कुराको बारेमा छलफल गरौँ । समस्या भए निराकरण गर्दै जाउ । अभिभावकहरुले सुम्पेका साना फुलका कोपिलाहरुलाई असल र सबल नागरिक बनाउने हाम्रो दायित्व छ । नेपालको सुन्दर भविष्यको लागि हामीले दिनुपर्ने शिक्षाको लागि प्रयत्नरत रहौ । एबिएम स्कुलको पनि यि कुराको लागि आफु मात्र होइन वरपरका स्कुल, समुदाय र सरोकारवालासंग सहकार्य गर्नको लागि तयार छ ।
– पलाञ्चोक साप्ताहिकबाट
प्रतिक्रिया दिनुहोस