श्रीकृष्ण प्रणामी धर्म जागरण महोत्सवको तयारी अन्तिम चरणमा

  • २०८२ चैत्र २६, बिहिबार मा प्रकाशित १ दिन अघि
  • ८५ पाठक संख्या

  • बेथानचोक / ढुंखर्कमा हुन लागेको “श्रीकृष्ण प्रणामी धर्म जागरण महोत्सव २०८२” को तयारी अन्तिम चरण पुगेको छ।

    यही चैत्र २७ गते देखी वैशाख ३ गतेसम्म बेथानचोक गाउँपालिका वडा नं २ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा हुने श्रीमद् तारतम सागर १०८ पाठ पारायण तथा श्रीकृष्ण कथा ज्ञान महायज्ञ  सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।

    कार्यक्रमको प्रचार प्रसार, निमन्त्रणा वितरण, गुरूहरूको आतिथ्यता, पाहुनाहरूको बसाई ब्यवस्थापन, कार्यक्रम स्थलको ब्यवस्थापन तथा सजावट लगायतका सबै तयारीहरू पुरा गरिएको श्रीमत्तारतम सागर १०८ पाठपारायण  एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ मूल समारोह समितिका सह संयोजक इन्द्र बहादुर तिमल्सिनाले जानकारी दिनुभयो ।

    धर्म जागरण महोत्सवको पूर्वसन्ध्यामा आज बनेपाको नयाँबस्तीबाट ढुंखर्कसम्म मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । चैत्र २७ गते १०८ कलशसहित शोभायात्रा गरी श्रीमत्तारतम सागर १०८ पाठपारायण शुभारम्भ गरिने धर्म जागरण महोत्सव २०८२ को सचिवालय सचिव रामशरण तिमल्सिनाले बताउनु भयो ।

    नेपालको केन्द्रीय धाम श्री नवतनधामका गाधिपति बाबाजी श्री १०८ अमृतराजजी महाराजबाट आशीर्वद प्रदान तथा महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजजीबाट दिव्य कथा प्रवचन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस