
बनेपा/बनेपा नगरपालिका ९ नयाँ बस्तीमा हिजो साँझ फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको हो । हिजो साँझ बनेपाको नयाँबसतीमा ८ वटा सकेट बम फेला परेको भए पनि घरहरू नजिक भएको र अँध्यारो भएको कारण नेपाली सेनाको बम बिस्पोजल टोलीले आज बिहान मात्र डिस्पोज गरेको थियो ।
बस्ती र अध्यारोको कारण बम डिस्पोज गर्न नमिलेपछि रातभर बमलाई नेपाली सेनाले घेरा हालेर सुरक्षा दिएको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस