आत्मा विकासका विद्यार्थीलाई पोशाक वितरण

  • २०८२ मंसिर १८, बिहिबार मा प्रकाशित २ महिना अघि
  • ३८७ पाठक संख्या

  • बेथानचोक/स्वर्गीय अमरनाथ सराफ फाउण्डेशनले आत्मा विकास मा.वि. च्याल्टीका विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको छ ।

    बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको समन्वयमा, लायन्स क्लब अफ काठमाण्डु टेम्पल सिद्धिविनायकको आयोजनामा फाउण्डेशनका अध्यक्ष सन्तोष सराफ तथा चन्दन सराफ लगायतले विद्यालयका २ सय १० जना विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेको हो ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले साना साना सहयोगले आवश्यक परेकाहरुलाई ठूलो राहत मिल्ने बताउँदै सहयोगदातालाई धन्यवाद दिनुभयो । गाउँपालिकाले शिक्षाको क्षेत्रमा विभिन्न काम गरेको भए पनि सीमित साधनस्रोतका कारण दाताहरुको सहयोगले राहत मिल्ने बताउनु भयो । ग्रामिण भेगमा रहेका बालबालिकालाई केही सहयोग पुर्याऔँ भन्ने सोच राखेर पुण्य कर्म गर्ने फाउण्डेशन परिवार धन्यवादको पात्र रहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा स्वर्गीय फाउण्डेशनका अध्यक्ष सन्तोष सराफले ग्रामिण भेगका विद्यार्थीलाई सहयोग होस भन्ने हेतुले सक्दो सहयोग गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेश सिंह विष्टले सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो

    प्रतिक्रिया दिनुहोस