भकुण्डे/वर्षाको अन्त्य, सेतो बादल, सफा नीलो आकाश मुनि सुनौला धानबालाहरू लहराउँदै शरद ऋतुले भकुण्डेबेशीको फँटहरूमा मनमोहक छाएको छ ।
यो यामलाई “मानो छरेर मुरी भित्र्याउने मौसम” रूपमा पनि लिइन्छ । किसानहरूका लागि यो मौसम उत्पादनको मात्र नभई उत्सवको प्रतीक पनि हो।
शरद ऋतुको शितलता, तिहारको उमङ्ग र धान खेतको सुनौलोपनले यहाँको प्राकृतिक सौन्दर्यलाई झन उचाईमा पुर्याएको छ । नमोबुद्ध नगरपालिका स्थीत भकुण्डेवेशीका खेतभरि पाकेका धानका लहरहरूले सुनको समुद्र झैँ सजिएका दृश्यहरूले लोभलाग्दो वातावरण बनेको छ ।
लहलह झुलेका धानका बालाहरूसंगै यति बेला भकुण्डेबेशी फाँट सुनौलो भएको छ । धान पाकेर सुनझै रमणीय दृष्यहरूले
मनमोहक देखिएको छ, भकुण्डेबेशी । यो दृश्यले मात्र खेतका किसानको मेहनत होइन, जीवनको उत्सव पनि झल्काउँछ।
पँहेलौ भएर लहलह झुलेको धानका बालाहरूले हर्षोल्लासका साथ तिहार पर्वलाई स्वागत गरिरहेछ । तिहार पर्वले उल्लास छाएझैं भकुण्डेका किसानहरू प्रफुल्ल भएका छन ।
भकुण्डेबेशीमा मात्र हैन, नमोबुद्ध नगरपालिकाको नौबिसे, चरङ्गेफेदी, खोलेखेत, दलशिङ्गे, टटलेटार, भेडाबारी, चरूवा लगायत वरिपरिका बस्तीका किसानहरूलाई तिहार रौनकसंगै धान भित्र्याउने चटारोले छोपेको छ ।

प्रतिक्रिया दिनुहोस