केयुको परीक्षा नियन्त्रकमा प्रा. डा. हृषीकेश वाग्ले

काठमाडौं विश्वविद्यालयका परीक्षा नियन्त्रकमा प्रा. डा. हृषीकेश वाग्ले नियुक्त हुनुभएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले प्राध्यापक वाग्लेलाई बुधबार नियुक्त गरेको हो । निवर्तमान परीक्षा नियन्त्रक रामप्रसाद घिमिरेको कार्यकाल सकिएसँगै विश्वविद्यालयले वाग्लेलाई तीन वर्षका लागि नियुक्त गरेको हो । मानवाधिकार, सङ्क्रमणकालीन न्याय तथा संवैधानिक कानून आदि विषयका विशेषज्ञ वाग्लेले तीन दशकभन्दा बढी न्याय क्षेत्रमा काम गर्नुभएको छ । नेपाल सरकारका जिल्ला न्यायाधीश तथा न्यायाधिवक्ता समेत रहिसक्नुभएका वाग्लेले कानून विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि तथा भारतको पुणे विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । वाग्ले यसअघि स्कूल अफ लका डीन समेत रहिसक्नुभएको छ ।